लोभ्यायो सलकपुरे सुन्तलाले

  प्रकाशित मिति
२१ मंसिर २०७३, मंगलवार २०:४१


tl:j/ SofK;gM sf]nsftfdf z'? lqb]lzo ;'Gtnf dxf]T;j pb3f6gdf sf]nsftfl:yt g]kfnL dxf jfl0fHo b't Psgf/fo0f cof{nnufot . g]kfn, ef/t / e'6fg ;lDdnt dxf]T;j tLg lbg;Dd rNg] 5 . tl:j/M kj{t÷sflGtk'/

कोलकाता (भारत) । विहीवारदेखि भारतको पुरानो राजधानी कोलकातामा सुरु त्रिदेशीय अन्तर्राष्ट्रिय हिमालय सुन्तला महोत्सव आइतवार सकिएको छ ।

महोत्सवमा करिव २० लाख भारुको कारोवार भएको अनुमान छ । कोलकातास्थित नेपाली महावाणिज्यदुत एकनारायण अर्यालले महोत्सव उद्घाटन गरेका थिए ।

महोत्सवले नेपाली सुन्तलाको व्यापार प्रवर्धनमा सघाउ पुगेको अर्यालले बताए । भारत र भूटानको सुन्तला महोत्सवमा समेटिए पनि बढी चर्चा नेपाली सुन्तलाले नै पाएको थियो ।

5एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजम (एक्ट) कोलकाताको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत र भूटानका सुन्तला विक्रीका लागि राखिएको थियो ।

महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै इलाम सलकपुरको सुन्तला विक्रीका लागि राखिएको थियो । त्यहाँका किसान कुमार मोक्तानले करिव १५ हजार थान सुन्तला विक्रीका लागि राखिएको बताए ।

‘कोलकातामा नेपाली सुन्तलाको माग अत्याधिक पाइयो’–मोक्तान बताउँछन् ।
महोत्सवमा कलाकार राजा राजेन्द्रले हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए । देही आर्टको कलाकृति र 10परिवर्तन थिएटरको नाटकसँगै इस्ट होराइजन स्कुल धुलावारीको नृत्य प्रस्तुतिले महोत्सवको माहोल तताएको थियो ।

थिएटरले चेलीवेटी वेखविखनविरुद्धको ‘जुनुको कथा’ र फेसवुक विकृतिप्रतिको व्यङ्ग्यात्मक नाटक ‘फेसवुक’ प्रदर्शन गर्यो । दुवै नाटकको लेखन÷निर्देशन कविता नेपालले गरेकी हुन् ।

नाटकमा कवितासहित विमल चिमरिया, अभिषेक गड्तौला, गणेश वस्नेत, सुष्मा पोख्रेल, लोमश पौडेल र राजन ठटालले अभिनय गरेका थिए ।
3ग्रामीण पर्यटन क्षेत्रका अगुवा सुप्रितमराज वसुले तीन देशका सुन्तलाको प्रवर्धनमा महोत्सवले सघाउ पुर्याउने बताए । आयोजक संस्था एसोसिएसन फर कन्जरभेसन एक्टका महासचिव अर्जुन कार्कीले महोत्सवमा तीन देशका करिव ५० लाख वढीको सुन्तला विक्रीका लागि राखिएको बताए ।

झापा ट्राभल एसोसिएसनका अध्यक्ष शङ्कर भट्टराईले यस किसिमका महोत्सवले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताएका थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर २१ गते प्रकाशित)

drama2

2

8

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: