‘ल्याण्डफिल्ड साइट’ रोक्न स्थानीयको माग

  प्रकाशित मिति
३१ बैशाख २०७७, बुधबार २१:१३


मेचीनगर । मेचीनगर नगरपालिकाले निर्माण गर्न लागेको फोहोर मैला व्यवस्थापन केन्द्रको नगरवासीले रोक्न माग गरेका छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई मङ्गलबार स्थानीयबासीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

फोहोर मैला व्यवस्थापन केन्द्रको काम रोक्न स्थानीयले माग गरेका हुन् ।

मेचीनगर–३ र ८ नम्बर वडामा निर्माण गर्न लागिएको फोहोर मैला व्यवस्थापन केन्द्रले नगरवासीलाई प्रत्यक्ष असर पर्ने भएकाले काम रोक्नका लागि उपप्रमुख उप्रेतीको ध्यानार्काषण गरिएको हो ।

पाँचसय भन्दाबढी स्थानीयको हस्ताक्षर रहेको ज्ञापनपत्र सघर्ष समितिका संयोजक एनु भट्टराईले बताए ।

भट्टराईकै नेतृत्वमा आएको टोलीले उपप्रमुख उप्रेतीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख उप्रेतीले स्थानीयबासीको माग सम्वोधन गरेरै मात्र काम अघि बढाउने जानकारी दिएकी थिइन् ।

उनले समय अभावका कारण वजेट फ्रिज हुने भएकाले नगरबासीसँग समन्वय गरेर निर्माणको काम सुरु गरिने बताइन् ।

यसअघि पनि मेचीनगर–७ नम्बर वडामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि तयारी गरिएको थियो । तर, त्यहाँ पनि स्थानीयले नदिएपछि मेचीनगर–३ र ८ नम्बर वडामा उक्त योजना सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: