धुलाबारी । विश्व वातावरण दिवसको अवसर पारेर मेची उद्योग बाणिज्य सङ्घ धुलाबारीले स्रोत केन्द्रस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
‘घरघरमा सफा चर्पी हामी जिम्मेवारी, स्व्च्छ पानी स्वथ्य शरीर हाम्रो सरोकार’ विषयक वक्तृत्वकला प्रतियोगितामा कविशिरोमणी उमाविका अनिष पोखरेल प्रथम, सोही विद्यालयका आशिष पौडेल दोस्रो, बालकल्याण माविकी मिक्सेन लावती तेस्रो र धुलाबारी उमाविकी गोमा प्रसाई सान्तवना भएका छन् ।
उनीहरू प्रमाण पत्रसहित व्रmमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । साथै सबै सहभागी विद्यार्थीलाई पाँच सय रुपैया प्रदान गरिएको थियो ।
सङ्घका अध्यक्ष पङ्कजविव्रmम नेम्बाङको सभापतित्व तथा मेची नगरनगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा धुलाबारी खानेपानीका सचिव अजय घिमिरे, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल स्काउटकी जिल्ला आयुक्त भुवन सुब्बा, मेची नगरपालिकाका सामुदायिक अकिृत अनन्तप्रकाश वस्ती, पत्रकार ज्ञानेन्द्र निरौलालगायतले बोलेका थिए ।
कार्यव्रmम संयोजक चेतन विष्टले स्वागत गरेको कार्यव्रmमको सञ्चालन महासचिव ऋषी तिम्सिनाले गरेका थिए ।