वडाका उम्मेद्वार अब जिल्लाले परिमार्जन गर्ने

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार ०८:३८


मेचीनगर । नेपाली काङ्ग्रेसले मेचीनगरका सबै वडा र बुद्धशान्ति गाउँपालिकाका २ वटा वडाका उम्मेद्वारहरुको अन्तिम छनौट सम्बन्धी उत्पन्न विवाद अब जिल्ला संयन्त्रबाट टुङ्गो लगाउने भएको छ ।

पार्टीले मेचीनगरका १५ वटा वडाका उम्मेद्वारहरु केही साता अघि क्षेत्रीय समितिको बैठक बसी टुङ्गो लगाएको भए पनि आकांक्षी समेत रहेका क्षेत्रीय पदाधिकारीहरु नै बैठकमा सहभागी भएको भनी विरोध भएपछि सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

विवाद बढेपछि ती निर्णय परिमार्जन गर्न टिकट पाइसकेका क्षेत्रीय पदाधिकारीहरु समेत सहमत भएका थिए । तर अब उम्मेद्वारहरुको परिमार्जन नगर वा क्षेत्रीय समिति तहबाट नभएर जिल्ला तहबाट हुने निर्णय गरिएको छ ।

शुक्रवार पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, महासमिति सदस्यहरु, जिल्ला उपसभापति राम कट्टेल, सचिव प्रेम सम्वाहाम्फे, क्षेत्रीय सभापति मणि उप्रेती, नगर सभापति इन्द्र बुढाथोकी समेतको बैठकले क्षेत्रीय पदाधिकारीहरु उम्मेद्वार बन्ने विगतको निर्णय अन्तिम परिमार्जन गर्नका लािग क्षेत्रीय समितिबाट सबै आकांक्षीका नामहरु जिल्ला समितिमा पठाउने निर्णय गरेको पार्टीका नगर प्रवक्ता पुष्पराज पौडेलले जनाएका छन् ।
बुद्ध शान्ति गाउँपालिकाको वडा नं. ४ र ५ को उम्मेद्वारीको समेत अन्तिम टुङ्गो लगाइदिन क्षेत्रीय समितिले जिल्ला समितिमा पठाउने निर्णय गरेको छ ।

क्षेत्रीय पदाधिकारीहरु आफै आकांक्षी हुने र निर्णय प्रक्रियामा आफै सामेल भएर आफ्नै निर्णय गराउने कार्य लोकतान्त्रिक पद्धतिसङ्गत नहुने भएकाले काङ्ग्रेसले आफ्नो पहिलेको निर्णय परिमार्जन गर्न लागेको हो ।

मेचीनगरको मेयर पदमा विमल आचार्य र उपमेयर पदमा दुर्गा खतिवडाको नाम केन्द्रीय समितिबाट उम्मेद्वारको रुपमा निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: