वडाध्यक्षले सदस्य तोक्ने नियम बन्दै

  प्रकाशित मिति
१७ जेष्ठ २०७५, बिहीबार १२:११


मेचीनगर । सरकारले निजी विद्यालयहरुलाई नियमन गर्ने नाममा वडाध्यक्षलाई व्यवस्थापन समितिको सदस्य तोक्ने नियम ल्याउन लागेको छ ।

सरकारले प्रस्ताव गरेको नयाँ शिक्षा नियमावलीमा निजी विद्यालयहरुको व्यवस्थापन समितिको एउटा सदस्य वडा अध्यक्षले तोकेको प्रतिनिधि रहने व्यवस्था छ ।

मन्त्रालयबाट निर्माण भएर प्रधानमन्त्रीसामू पुगेको सो नियमावलीमा भएका कैयन अब्यावहारिक प्रावधानका कारण प्रधानमन्त्रीले हाललाई नियमाली रोकिदिएको एन प्याब्सनका प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठ बताउँछन् ।

एन प्याब्सनले वडाध्यक्षको तजविजले व्यवस्थापन समितिको सदस्य तोक्ने प्रावधानले निजी विद्यालयको व्यवस्थापन खल्बलिन सक्ने बताए ।

प्रतिनिधि तोक्ने भन्दा वडाध्यक्ष आफै पदेन सदस्य हुने नियम राम्रो हुने श्रेष्ठको धारणा छ ।

निजी विद्यालय कम्पनी ऐन अन्तर्गत सञ्चालन हुने भएकाले कम्पनीको सञ्चालन चुस्त र बलियो राख्न व्यवस्थापन समिति सक्षम हुनु पर्ने उनी बताउँछन् ।

व्यवस्थापन समितिमा शिक्षा बुझेको व्यक्ति चाहिने एन प्याब्सन झापाका अध्यक्ष सञ्जीव राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: