वडाध्यक्षसहित दशले गरे आँखा दान

  प्रकाशित मिति
२६ बैशाख २०७५, बुधबार ०९:५४


मेचीनगर । विश्व रेडक्रस दिवसको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाका १० जनाले आँखा दान गर्ने भएका छन् ।

बुद्धशान्ति–५, आयाबारीमा मङ्गलवार आयोजित आँखा शिविर कार्यव्रmममा सोही वडाका अध्यक्षसहितले आँखा दान गर्ने घोषणा गरेका हुन् ।

आँखा दान गर्नेहरुमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष बासुदेव खतिवडा, वडा सदस्य रिता चौधरी, जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक टुकबहादुर साँवा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धिमाल, हेमन्त खतिवडा, शिक्षक घनश्याम घिमिरे, लक्ष्मी पौडेल, पे्रमप्रसाद मिश्र, कुन्ता आचार्य र हेमराज दाहाल छन् ।

नेपाल रेडक्रस सोसाइटी धुलाबारी उपशाखाको आयोजनामा भएको कार्यव्रmममा आँखा दान घोषणापछि भएको शिविरमा १ सय २३ जनाको आँखा परीक्षण गरिएको थियो ।

शिविरमा नेत्रालयका डा. चन्द्र राजवशी, योगेश खतिवडा, प्रदिप राईले आँखा जाँचमा सहयोग गरेका थिए ।

मेची नेत्रालयको प्राविधिक सहयोगमा भएको शिविरमा स्थानीय आँखाका बिरामीले स्वास्थ्य सेवा सहज रुपमा लिएको रेडक्रसले जनाएको छ ।

सोही अवसरमा नेत्रदान सम्बन्धी वृत्तचित्र प्रदर्शनी पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी धुलाबारी उपशाखाकी सभापति कुसुम कोइरालाको सभापत्विमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष वासुदेव खतिवडा रहेका थिए ।

कार्यव्रmममा जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक टुकबहादुर साँवा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धिमालले आँखा दान जीवन दान भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: