वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना

  प्रकाशित मिति
२ माघ २०७८, आईतवार १९:२८


मेचीनगर, २ माघ । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार १४८ जनाको एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।

काँकरभिट्टा नाकामा ९९ जना र मेचीनगर नगरपालिका कार्यलयमा ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नाकामा २० जना र नगरपालिकामा गरिएको टेष्टमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सापकोटाले बताइन् ।

नाकाका संक्रमित २० मध्ये ४ जना मेचीनगरबासी तथा नगरपालिका कार्यलयमा टेष्ट गरिएका ८ जना संक्रमितमा वडाध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी रहेको उनले जानकारी दिइन् ।

संक्रमित २८ जनामध्ये १२ जना मेचीनगरका हुन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । बाँकी १६ जना संक्रमित झापा र त्यहाँदेखि बाहिर जिल्लाका हुन् । उनीहरुलाई पनि मेची अस्पताल भद्रपुर पठाईएको काँकरभिट्टा हेल्थ हेल्प डेक्सका स्वास्थ्यकर्मी हरिचरण सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: