मेचीनगर, २४ जेठ । काठ व्यवसायीबाट ३ लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा एक जना वडाध्यक्ष नगदसहित रङ्गेहात पक्राउ परेका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष देबेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिवार विहान ८ बजे पक्राउ गरेको राससले जनाएको छ ।
आफ्नो वडामा रहेको काठ लिलाममा मिलाइदिने आश्वासन दिएर ३ लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले वडाध्यक्षलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १० झिमझिमेमा पक्राउ गरेको हो ।