झापा । झापामा नेकपा ९एमाले० र नेकपा माओेवादी केन्द्रले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ ।
बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी हुनुभएकोे निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए ।
बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा ९माओवादी केन्द्र०का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी हुनुभएको छ भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा ९एमाले०ले २६८ र नेकपा ९माओवादी केन्द्र०ले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए ।