वडामा वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी छलफल

  प्रकाशित मिति
७ असार २०७९, मंगलवार २२:१४


सुरेन्द्रनगर, ७ असार । मेचीनगर–५ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार वडाले वडा कार्यालयमा सो सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा अधिकांश वक्ताहरुले विभेद रहित ढंगबाट जनताको सेवा गर्न र जनसरोकारका विषयलाई प्राथमिकता दिएर बजेट बनाउन जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । वडामा कालोपत्रे सडकदेखि स्वास्थ्य, शिक्षा, कृषि, मल, सिँचाई लगायतका विषयलाई बजेटमा प्राथमिकता दिनु पर्ने वक्ताहरुको जोड थियो ।

कार्यक्रममा वडाध्यक्ष कनकबहादुर कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैखालका समस्यालाई महत्वकासाथ हेर्ने र प्राथमिकताका आधारमा कार्ययोजना बनाउने बताए । वडाध्यक्ष कार्कीले निर्वाचनपछि आफूहरु सवै वडाबासीको साझा प्रतिनिधि भएको बताउँदै कहिल्यै कसैमाथि विभेद र अन्याय हुन नदिने उद्घोष गरे ।

कार्यक्रममा टोल विकासको तर्फबाट कृष्णबहादर राई, रंगलाल गिरी, तेजीमाया राउत, धार्मिक तथा सामाजिक संघ–संस्थाका तर्फबाट हरि मगर, ज्योतीप्रकाश पाठक, दिलिपजंग सुब्बा, नेकपा माओवादीका तर्फबाट हरि गिरी, जनता समाजवादीका तर्फबाट यामबहादुर साउदेन, नेपाली काँग्रेस मेचीनगर–५ नम्बर वडा सभापति नारायण खड्का, नेकपा एमाले मेचीनगर–५ का वडाध्यक्ष रविन राउत लगायतले बोलेका थिए ।

कार्यपालिका सदस्य माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव यशु लिम्बूले गरेका थिए । सो अवसमा विभिन्न टोलमा रहेका समस्याहरुलाई टोल संयोजक तथा सदस्यहरुले लिपिवद्घ गरेर वडाध्यक्ष कार्कीलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: