वडा नं.६ को महोत्सव सम्पन्न

  प्रकाशित मिति
११ फाल्गुन २०७६, आईतवार १६:५७


अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्देश्यले नगरका सबै वडामा सञ्चालित कार्यक्रम आइतवार वडा नं.६ मा सम्पन्न भएको छ ।

प्रमुख अतिथी संघीय सांसद् पबित्रा निरौला खरेलले पर्यटन बर्ष सफल बनाउन नगरले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको बताइन् । उनले जनताको जीवनस्तर उठाउन सबै क्षेत्र लाग्नु पर्ने बताइन् ।

नगर भित्रका कला, संस्कृती, साहित्य, खेलकुद क्षेत्रमा समेत नगरले ध्यान दिएको निरौलाले बताएकी छन् । आइतवार वडा नं.६ मा कला, संस्कृती, साहित्य, खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य शिवीर, कृषि, पशु सेवा लगायतका सेवा नागरिकका घर दैलोमै गएर प्रदान गरेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

वडा नं.६ का अध्यक्ष लोकानाथ गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख कमला खतिवडाले कार्यक्रमको औचित्यमाथी प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य तुमनाथ काफ्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: