‘वडा लक’ गर्ने तयारीमा भद्रपुर नगरपालिका

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार १३:१६


 

।। रेवतिराज घिमिरे ।।

भद्रपुर । झापाको सबै भन्दा पुरानो नगरपालिका भद्रपुरले कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर प्रत्यक वडा लक गर्ने तयारी गरेको छ ।

झापाको बाह्दशी गाउँपालिका र दमक नगरपालिकामा कोरोनाका संक्रमित फेरा परेर एकजना निको भएपनि भद्रपुर नगरपालिकाले आफ्ना १० वटा वडाको प्रत्यक ‘वडालक’ गर्ने तयारी थालेको हो ।

वि.स.२००८ सालमा स्थापित भद्रपुर नगरपालिका झापाकै सबै भन्दा पुरोनो नगरपालिकाको रुपमा परिचित छ ।

संघीय र प्रदेश सरकारसँग स्वास्थ्य सामग्रीको माग गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

निवृत्त राष्ट्र सेवकद्वारा राहत

लगातारको बन्दाबन्दीका कारण सरकारले ल्यएको एकद्धार राहत वितरण कार्यलाई सहयोग पुर्याउने उद्देश्यले निवृत्त राष्ट्र सेवक समाजले भद्रपुर नगरपालिकालाई राहत रकम उपलब्ध गराउँनुका साथै केहि आश्रित पेन्सनवालाहरुलाई पनि सहयोग गरेको छ ।

शुक्रवार समाजको कार्यकक्ष सगरमाथा चोक भद्रपुरमा आयोजित कार्यक्रमकाबीच नगरप्रमुख श्रेष्ठलाई ५० हजार ३ सय रुपैयाँसहित ३ जना आश्रित पेन्सनवालाहरुलाई जनहि ५÷५ हजारका दरले १५ हजार रुपैयाँ रहात वापतको रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउन कार्यान्वयनको पुर्णरुपमा पालना गर्दै सम्पुर्ण समुदाय भाइरस विरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।

उनले नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुको लागि केहि किटको आवश्यक भएकोले सरकारसँग किटको माग भइरहेको बताए ।

किट प्राप्त हुने वितिकै नगरपालिका भित्र रहेका वडाहरुलाई समेत आवत–जावतमा ‘वडा लक’ गर्ने योजनामा नगरपालिका रहेको उनले जानकारी दिए ।

कार्यक्रममा मेची बहुमुखी क्याम्पस भद्रपुरका पुर्व क्याम्पस प्रमुख चिन्तामणी दाहालले कोभिड–१९ बाट बच्न र बचाउन लगडाउनको पुर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नगरउपप्रमुख चन्द्रमाया श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, समाजका झापा जिल्ला कमिटी संयोजक धनप्रसाद शिवाकोटी लगायतका समाज सेवीहरुको सहभागिता थियो ।

समाजका अध्यक्ष मुक्तिनाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सरोजकुमार कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: