वडा सभापति खड्काको मृत्यु

  प्रकाशित मिति
१ भाद्र २०७४, बिहीबार १५:३१


pawan

धुलाबारी । साविक मेचीनगर–९ का नेपाली काँग्रेसका वडा सभापति पवन खड्काको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

काँकरभिट्टाबाट नकलबन्दा तर्फ घर जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी सोमवार उनी गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका खड्काको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

४४ वर्षीय खड्का पार्टीको क्रियाशील राजनीतिमा थिए । उनी दुर्घटनामा परेको दिन पार्टीकै काम गरेर घर फर्कदै थिए । उनको बिहीबार स्थानीय मेची नदीमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: