वन क्षेत्र वडा समितिले संरक्षण गर्न पाउनु पर्ने माग

  प्रकाशित मिति
४ श्रावण २०७७, आईतवार १८:५८


मेचीनगर । मेचीनगर–१४ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध उपभोक्ताहरुले आफ्नो वडा क्षेत्रमा पर्ने वन क्षेत्र छुट्याई वडा स्तरीय समिति मार्फत संरक्षण गर्नु पर्ने माग गरेका छन् ।

साविक दुहागढी गाविस अन्तर्गत पर्ने सो वन समूहमा हाल मेचीनगर–१३ र १४ नं. वडाका उपभोक्ताहरु आवद्ध छन् ।

दुबै वडाको संयुक्त वन भएपनि समूहको कुनै पनि आधिकारिक दस्तावेजमा मेचीनगर–१४ उल्लेख नभएको हुँदा वडाको पहिचान गुमेको साथै समूहबाट प्रदान गरिने सेवा सुविधामा विभेद भएको भन्दै १४ नं. वडाका उपभोक्ताहरु आन्दोलित भएका हुन् ।

असन्तुष्ट उपभोक्ताहरुले आइतबार वडा अन्तर्गत पर्ने वन वडाकै स्वामित्वमा ल्याई रेखदेख तथा संरक्षणका लागि छुट्टै समिति बनाउने प्रक्रिया सुरु गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय तिलक भुजेल, लोकेश्वर चौधरी, प्रितम पनेरु लगायत २ सय २५ भन्दाबढी उपभोक्ताहरुको हस्ताक्षर भएको ज्ञापन पत्र वडा अध्यक्ष शंकरप्रसाद पोखरेललाई हस्तान्तरण गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष पोखरेलले सरोकारवालाहरुसँग बृहत छलफलको आयोजना गरी समस्याको समाधान गर्न पहल गर्ने बताएका थिए ।

हातेमालो सामुदायिक वन उपभोक्ता समितिको वर्तमान कार्य समितिको कार्यकाल समेत एक महिनापछि सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: