वरिष्ठ संगीतकार गुरुङको अवसान

  प्रकाशित मिति
२५ जेष्ठ २०७३, मंगलवार ०५:१२


ambar 1

झापा । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन सोमबार राति २ बजेर ३७ मिनेटमा  भएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा. चक्रराज पाण्डेलाई उद्धृत गर्दै भने –‘उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।’

भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्यासँग जुधिर रहेका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरेका थिए । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरेका थिए । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।

सङ्गीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ । उनको शव मङ्लबार बिहाने ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ ।

त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उनका माहिला छोरा राजुले जानकारी दिए । उनले बुबाको पशुपति आर्यघाटमा मङ्गलबार नै अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट दाहासंस्कार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: