वरिष्ठ साहित्यकार रेग्मीलाई अन्तर्राष्ट्रिय पुरस्कार

  प्रकाशित मिति
३ फाल्गुन २०७६, शनिबार १९:३६


मेचीनगर । यसवर्षको इन्जा स्रष्टा सम्मान वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ ।

१ हजार अमेरिकी डलर राशीको उक्त पुरस्कारबाट झापा चन्द्रगढी निवासी रेग्मी सम्मानित हुने भएका हुन् ।

नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्छन् ।

इन्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेसास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसैगरी, यसवर्षको इन्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुङ्गाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित एक हजार अमेरिकी डलर राशीको पुरस्कार आगामी मार्च १ मा काठमाडौंमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिने आयोजकले जनाएका छन् ।

ढुङ्गानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंहको हिमाल साप्ताहिकमा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक समाचारका लागि पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार तीर्थ कोइराला, टङ्क पन्त र किशोर सापकोटाको छनोट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै समाचारले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय भएको हो ।

सन् २०१९ मा प्रकाशित ३५१ वटा समाचार तथा फिचर प्रतिस्पर्धामा सामेल थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: