वर्कर्स अब भूमिगत रहेन

  प्रकाशित मिति
१७ भाद्र २०७३, शुक्रबार ०९:१७


himal kirati 1
महासविच हिमाल किराती

विर्तामोड । पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ ।

झापाको विर्तामोडमा विहीवार सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र सङ्घर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो ।

भेलापछि पार्टीका अध्यक्ष अनन्त क्रान्तिले विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन निर्देशन दिएका छन् ।

भेलाले अनन्त क्रान्ति अध्यक्ष र हिमाल किराती महासचिव रहेको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरेको छ ।

समितिको सहअध्यक्षमा सुमन वान्तवा (आदिहाङ), उपाध्यक्षमा पम्फा किराती र हाङ्छा किराती, कोषाध्यक्षमा केवल राई (काइला खम्बु), सचिवमा दिलकुमार किराती (माक्सा) र मेवन किराती (आदिम) रहेका छन् । सर्वमान्य नेतामा बलबहादुर किराती (पर्वत) रहेका छन् ।

पूर्वमा छुट्टै किरात प्रदेशको माग गर्दै आएको वर्कर्स पार्टीको स्थापना २०६३ सालमा भएको थियो । पूर्वी पहाडमा भूमिगत सङ्गठन चलाउँदै आएको वर्कर्स पार्टीले विगत ३ वर्षदेखि नेपाल सरकारसँग शान्ति वार्तामा संलग्न भए यता सशस्त्र गतिविधि गरेको छैन ।

kirat workers Hatiyar-Bujdai
हतियार बुझाउँदाको फाइल तस्वीर

सशस्त्र सङ्घर्षको सिलसिलामा पार्टीका कमाण्डर एवम् संस्थापक महासचिव विवश किराती (विनेश) र खगेन्द्र लिम्बुलाई राज्य पक्षबाट हत्या गरिएको छ भने वर्कर्सका ३ सय भन्दा बढी कार्यकर्ता बन्दी बनाइएका थिए । जसमध्ये हाल पनि ५० भन्दा बढी विभिन्न कारागारमा थुनामा रहेका छन् ।

वर्कर्सले जेलमा बन्दी रहेका सबैको रिहाइको माग गरेको छ भने राज्यद्वारा हत्या गरिएकालाई सहिद घोषणा गर्न माग गरेको छ ।
वर्कर्सले हालसम्म ७ थान हतियार गत वर्ष सरकारलाई बुझाएको थियो । आफुसँग भएका अरु केही हतियार पनि चाँडै बुझाइने उपाध्यक्ष हाङ्छा किरातीले बताए ।

पार्टीले भूमिगत गतिविधि परित्याग गरेपछि पहिलोपल्ट जनजागरण अभियानसहितको शान्तिपूर्ण आन्दोलन घोषणा गरेको छ । जसमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, पहिचानबादी सङ्गठनहरूसँग सहकार्य अघि बढाउने, वृहत किरात एकताको पहल गर्ने लगायत छन् । पार्टीले संविधान संशोधनको समेत माग गरेको छ ।

(२०७३ भदौ १७ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: