वर्गीय आन्दोलनको अधुरो यात्रा

  प्रकाशित मिति
३ चैत्र २०७२, बुधबार ०४:५९


bimal 1

विभिन्न आरोह र अवरोहको बिचबाट नेपालमा कम्युनिष्ट पार्टीहरूको जन्म र पतन भएको पाइन्छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ६६ वर्ष बितिसकेको छ । विगतको ६६ वर्षमा नेपालमा धेरै आरोह अवरोह भए । चार जना व्रmान्तिकारी युवाहरूले स्थापना गरेको कम्युनिष्ट पार्टी आज विश्व चर्चामा पुगेको छ । जुट र फुटको जुहारीभित्र रुमलिएर चक्कर लगाइरहेका कम्युनिष्टहरूले अहिले दुइ दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरूको विकेन्द्रित अवस्थाको तिक्तता सहन गर्नु परिरहेछ ।

नेपालको सन्दर्भमा माक्र्सवादको विज्ञानलाई प्रयोग गर्ने सन्दर्भमा अन्ततोगत्वा कम्युनिष्टहरू फुट्ने गरेको तीतो यथार्थलाई स्वीकार्नै पर्ने हुन्छ । यसको मुख्य समस्यामा दक्षिणपन्थी संशोधनवाद नै हावी भएको पाइन्छ । आजको २१औँ शताब्दीको नेपाली व्रmान्तिको मुख्य समस्या संसदीय अवसरवाद र दक्षिणपन्थी संशोधनवाद नै हो ।

भनिन्छ – माक्र्सवाद सिर्जनशील र गतिशील सामाजिक विज्ञान हो । यसलाई प्रयोग गर्ने सन्दर्भमा थप विकसित हुँदै यो माक्र्सवाद, लेनिनवाद, माओवाद बन्न पुगेको छ । मालेमावादलाई जस्ताको तस्तै जहाँ पनि प्रयोग गर्ने दृष्टिकोणलाई हामीले जडसूत्रवाद भनेर बुझ्दछौँ । मालेमावादीहरूले अवश्य पनि जडसूत्रवादका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । आजभोलि एकातिर ठूला–ठूला व्रmान्तिबाट प्राप्त भएका सर्वहारा वर्गीय सङ्गठनहरू कसरी कमजोर बन्न गए भन्नेतिरबाट छलफल सुरु हुन थालेको छ भने अर्कोतिर मालेमावादको सिर्जनात्मक विकासको नाममा खुल्ला संशोधनवाद हुर्किन थालेको छ ।

अहिले पुराना विचारबाट व्रmमशः मुक्त हुन खोज्ने नयाँ चलनको सुरु हुन थालेको छ । मालेमावादलाई देश, काल र परिस्थितिअनुसार विकसित गर्ने कुरा अवश्य पनि सही विषय हो । तर पनि यहाँनेर ध्यान दिनैपर्ने अर्को विषय भनेको स्थापित भइसकेको मान्यताहरूलाई भत्काउनु, मालेमावादका आधारभूत कुराहरूलाई पनि सिर्जनात्मक विकासका नाममा त्याग गर्नु चाहिँ जडसूत्रवाद विरुद्धको सङ्घर्ष होइन । यस्तो प्रवृत्तिलाई मालेमावादी दृष्टिकोणले हेर्दा विसर्जन र संसोधनवादकै रुपमा बुझ्नुपर्ने हुन्छ ।

खासगरी केही नेताहरूले माक्र्सवादलाई बिसर्जन गराउनेतिर सङ्घर्ष उन्मुख गरे । माक्र्स, एङ्गेल्सहरूलाई यान्त्रिक मानिसको रुपमा बुझ्न थाले । बल प्रयोगको सिद्धान्त तथा बल प्रयोगकै प्रणालीमा टिकेको पुँजीवादी दुनियाँलाई बदल्नका लागि बल प्रयोगकै कुरा अनिवार्य भएको सिद्धान्त माक्र्स, एङ्गेल्स हुँदै माओले विकसित गरे ।

इतिहास हेर्ने हो भने एकातिर विचारधारात्मक सङ्घर्षको भिषण मोर्चाको सामना माक्र्स र एङ्गेल्सले गर्नुपरेको थियो भने अर्कातिर श्रमजीवी वर्गको अन्तर्राष्ट्रिय स्तरमा नै सङ्गठनात्मक संरचना निर्माण गर्नु थियो । काल्पनीक समाजवादीहरू तथा अवसरवादीहरूले माक्र्स र एङ्गेल्सको सिद्धान्तहरूलाई अस्वीकार गरेको कारुणिक यथार्थ पाइन्छ । यसैका विरुद्ध १९६४ मा पहिलो पटक माक्र्स र एङ्गेल्सले जमेर अवसरवादका विरुद्ध सङ्घर्ष गर्नुपर्यो । तथा अराजक अतिवादीहरूलाई विचारधारात्मक रूपमा परास्त गर्नुपर्यो । १८७१ मा ब्लाङ्कीहरूको नेतृत्वमा फ्रान्सको पेरिस सहरमा सशस्त्र विद्रोह भयो । दक्षिणपन्थी विचलन र अराजकतावादी अवसरवादका विरुद्ध त्यहाँका व्रmान्तिकारी योद्धाहरूले भिषण सङ्घर्ष गरे । माक्र्स र एङ्गेल्सले त्यसलाई सुरुका दिनमा केही आशङ्का गरेपनि पछि अन्ततः त्यसलाई स्वागत गरे र त्यहाँबाट शिक्षा लिन संसारभरिका व्रmान्तिकारी उत्पीडित श्रमजीवी वर्गलाई अपिल गरे ।

तत्कालीन अवस्थामा साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्ने मामलामा तथा माक्र्सवाद, लेनिनवादलाई जीवन व्यवहारमा लागू गर्ने सन्दर्भमा स्टालिनले महत्वपूर्ण कार्यहरू गरेको इतिहास अध्यायन गर्न सकिन्छ । रुसको सन्दर्भमा लेनिनवादलाई विकसित गर्ने कार्य स्वयम् स्टालीनले गरेको कुरा इतिहासबाट लुकेको छैन । उता, ट्राटस्की र लेनिनहरूको सङ्घर्ष हँुदा ट्राटस्कीहरूले लेनिनपक्षलाई पनि जडसुत्रवादी देख्ने गर्दथे ।

अन्ततः विश्व सर्वहारा आन्दोलनको मुख्य सङ्घर्षको विषय दक्षिणपन्थी संशोधनवाद नै हुन पुग्यो । विश्व सर्वहारा आन्दोलन साम्राज्यवादविरोधी संयुक्त मोर्चाको रूपमा विकसित हुन थाल्यो ।

त्यसैगरी चिनीयाँ कम्युनिष्ट पार्टीभित्र पनि सुरुकै गठन प्रव्रिmयादेखि नै दक्षिणपन्थी विचलनका विरुद्ध माओत्सेतुङहरूले सङ्घर्ष गर्न थाल्नुपर्यो । छाङ तु स्युहरूले माओलाई अतिवादी जडसूत्रवादी देख्ने गर्दथे । मुख्य प्रश्न त्यतिबेला पनि दक्षिणपन्थी विचलनका विरुद्ध निर्णायक सङ्घर्ष गरेर मात्रै चिनियाँ कम्युनिष्ट पार्टीले च्याङ्काइसेक प्रतिव्रिmयावाद र जापानी साम्राज्यवादका विरुद्ध विजय प्राप्त गर्न सफल भएको हो ।

१९४९ को नयाँ जनवादी व्रmान्तिपछि निरन्तर रूपमा माओले दक्षिणपन्थी प्रवृत्तिकै विरुद्ध सङ्घर्ष गर्नुपर्यो । माओले त्यसलाई अझ व्यवस्थित पार्न महान् सर्वहारा सांस्कृतिक व्रmान्तिको सुरुवात गर्नुपरेको हो ।

उता, सोभियत रुसमा भएको बीसौँ महाधिवेशनपछि निर्णायक रूपमा शान्तिपूर्ण सङ्व्रmमणकालको रुपमा विश्व कम्युनिष्ट आन्दोलन पुगेको निष्कर्ष निकाल्दै औपचारिक रूपमा नै खुला संशोधनवादको बाटो सोभियत रुसले लिन थाल्यो । त्यसलाई टिटोहरूले समर्थन गरे । विश्व कम्युष्टि आन्दोलन दुई ध्रुवमा विभाजन भयो । अन्ततः १९९० सम्म आइपुग्दा आधिकारीक रूपमा दक्षिणपन्थी संशोधनवाद प्रतिव्रिmयावादमा पतन भयो ।

यी कुराहरूले के पुष्टी गर्दछ भने आजको २१ औँ शताब्दीमा पनि मालेवादीहरूको लागि अवसरवाद र संशोधनवाद नै मुख्य खतरा हो । एकातिर उदारवादी वित्तीय पुँजीवादले नयाँ प्रकारले संसारमा भूमण्डलीकृत सञ्जाल कायम गरेको छ भने अर्कातिर फेरि संसारमा जातीय हिंसाका भड्काउहरू पनि देखा पर्न थालेका छन् । यही प्रवृत्तिले अहिलेको नेपालमा पनि घर गरेको छ ।

यस्तो परिस्थितिमा नेपालको मात्र नभएर संसारभरिका श्रमजीवी सर्वहारा वर्गले विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ प्रकारले पुनः सङ्गठित गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । दक्षिणपन्थी संशोधनवाद तथा विसर्जनवादका विरुद्ध निर्णायक सङ्घर्ष नगरी मालेमावादको रक्षा र विकास हुनै सक्दैन । नेपाल र नेपालीहरूको सन्दर्भमा पनि यतिबेला संसदीय संशोधनवाद र दक्षिणपन्थी विचलनका विरुद्ध निर्णायक सङ्घर्ष नगरी व्रmान्तिकारी आन्दोलन विकास हुन नसक्ने कुरा प्रमाणित भइसकेको छ ।

पछिल्लो चरणमा आएर नेपाली जनताले गरेको ऐतिहासिक वर्ग सङ्घर्ष, सशस्त्र विद्रोहको माध्यमबाट एक चरण अघि बढिसकेको थियो । जनमुक्ति सेनाले वीरताको कथालाई स्थापित गरिसकेको स्थिति थियो । कारण र प्रयोजन जे देखाए पनि पछिल्लो चरणमा नेतृत्वमा बढेको विर्सजनवादी सोचले अन्ततः सम्झोताको नाममा जनसेना बिर्सजन गरिएको तीतो यथार्थ मुलुकका निम्ति घातक सिद्ध हुनपुग्यो । तथापि, मालेमावादको प्रयोगबाट नै परिर्वतनका केही ढोकाहरू ढक्ढक्याउन भने सफल भएकै हो । यो सत्य इतिहासमा छिपाउन सकिन्न ।

संसारभरिका श्रमजीवी जनताहरूले नेपालको माओवादीबाट वास्तवमा नै नयाँ प्रेरणा लिने कार्यको थालनी भएको थियो । समाजावादी शिविरमाथि भइरहेको पुँजीवादी हमलाको सशक्त जवाफ भएको थियो । अन्ततः त्यो पनि विभिन्न सहमतिका नाममा संसदीय संसोधनवाद र दक्षिणपन्थी अवसरवादमा पतन हुन पुग्यो । अहिले संविधान निर्माणको संसोधनवादी नाराबाट मुलुकमा पुनः कम्युनिष्ट अग्रगमनको आन्दोलनलाई सेडब्याक गरेको छ । अर्थात् नेपाली कम्युनिष्ट आन्दोलन तिल्मिलाएको छ ।

संविधान निर्माण प्रव्रिmयासम्म आइपुगेपछि नेतृत्वहरूबीच आरोप र प्रतिआरोपको शृङ्खला चुलिएर गयो । जसको प्रतिफल कम्युनिष्ट व्रmान्तिकारीहरूमा निरासा छाउन पुग्यो । कोही अतिवादी हुन पुगे भने कोही दक्षिणपन्थी र संसोधनवादलाई नै उपलब्धि सम्झेर खुम्चिन पुगे ।

अहिले एकातिर देशी विदेशी साम्राज्यवादी तथा प्रतिव्रिmयावादी शक्तिहरूका विरुद्ध निर्णायक सङ्घर्ष गर्नुपर्ने चुनौती छ भने अर्कातिर नेपालकै सन्दर्भमा विकसित भएको दक्षिणपन्थी संशोधनवाद तथा संसदीय संशोधनवादका विरुद्ध पनि सङ्घर्ष गर्नुपर्ने चुनौती नेपाली व्रmान्तिकारीहरूको जिम्मामा छ ।

माक्र्स, एङ्गेल्स, लेनिन, स्टालीन, माओत्सेतुङहरूले जस्तै व्रmान्तिको पक्षमा, विश्व सर्वहारा आन्दोलनको पक्षमा दृढतापूर्वक लडिरहनु नै यतिबेला नेपाली व्रmान्तिकारीहरूको जिम्मेवारी र दायित्व पनि हो । अब अवसरवाद र दक्षिणपन्थी संसोधनवादलाई त्यागेर विभिन्न नाममा विभाजन होइन एकताको पहल गरी केन्द्रिकृत रुपमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्नु पर्दछ । वर्गीय मुक्तिका लागि परिर्वतनको यात्रा अधुरै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: