वर्ल्ड लिंकको धुलाबारीमा सेवा कार्यालय

  प्रकाशित मिति
१६ पुष २०७६, बुधबार २०:४९


मेचीनगर । इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंकले धुलाबारीमा फिल्ड अफिस बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै धुलाबारीमा सेवा कार्यालय सुरु गरेको हो ।

धुलाबारी मोड पूर्व बसस्टेन्ड दक्षिणमा रहेको घरमा कार्यालय राखिएको छ । मेचीनगरमा काँकरभिट्टा शाखा कार्यालयले पनि इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । धुलाबारी तथा आसपासका सेवाग्राहीको सुविधाका लागि कार्यालय सञ्चालनमा ल्याइएको काँकरभिट्टा शाखा प्रमुख अनु विष्टले जानकारी दिइन् ।


बुधबार एक कार्यक्रमका बीच धुलाबारी सेवा कार्यालयको उद्घाटन गरिएको छ । मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुले उद्घाटन गरेको कार्यक्रममा वल्र्ड लिंक बिर्तामोड शाखा प्रमुख जितेन कर्णको आतिथ्यता रहेको थियो ।


उद्घाटनका अवसरमा वर्ल्ड लिंकले अफरको व्यवस्था गरेको छ । एक हप्ताभित्र इन्टरनेट जोड्ने सेवाग्राहीलाई सेटअप बक्स जडानमा लाग्ने रकम नलाग्ने तथा एउटा हिटर फ्री गरिएको शाखा प्रमुख विष्टले बताइन् । उक्त अफर २५, ४० र ६० एमबीपीएसको इन्टरनेट जडान गर्दा पाइनेछ । २१ हजार शुल्कमा एक वर्षभरि इन्टरनेट र नेट टिभी फ्री गरिएको वल्र्ड लिंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]l.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: