वहसबाट तर्सिनु पर्दैन

  प्रकाशित मिति
२३ मंसिर २०७२, बुधबार १०:३९


सरकारले संविधानको राम्रा विशेषता बारे नागरिकको तल्लो तहसम्म प्रकाश पार्ने सकारात्मक अभियान अघि सारेको छ । उसले यस्तो अभियान संविधान जारी गरे लगत्तै चलाउनु पथ्र्यो, अहिले निकै ढिलो भयो भन्ने टिप्पणी पनि नसुनिएको होइन । तथापि ढिलै किन नहोस्, सरकारले संविधानका विषयमा नागरिक तहमा प्रचार गरेर भ्रमहरू चिर्न जरुरी ठानेको छ भने त्यसलाई ननिको मान्नु कसैले हुँदैन ।

संविधान गतिशील दस्तावेज हो, यसलाई जनताले चाहेमा जहिल्यै पनि संशोधन गर्न सक्छन् । नेपालको संविधान–२०७२ मा ‘सार्वभौमसत्ता जनतामा हुने’ वाहेकका सबै प्रावधान फेर्न सकिने गरी लचिलो व्यवस्था छ । भविष्यमा दुई तिहाई जनतालाई प्रदेशको सीमाङ्कन मन परेन भने त्यो सजिलै संविधान संशोधनका माध्यमबाट बदल्न सकिन्छ । त्यतिमात्र होइन, अहिलेको संविधानमा जनआन्दोलनद्वारा स्थापित सङ्घीयता, धर्म निरपेक्षता जस्ता ठूला विषय पनि अपरिवर्तनीय छैनन् । यति लचकदार संविधानका बारेमा कतिपय कोणबाट कुरै नबुझी विरोध भइरहेको छ । त्यस्तो विरोधलाई निस्तेज पार्न अभियान जरुरी छ ।

तर अहिले सरकार आफै संविधान बुझाउन अघि सरेको छ । यस्तो अभियान सचेत नागरिक तप्का र खासगरी राजनीतिक दलको दायित्वभित्र पर्ने विषय थियो । सरकारलाई मधेसमा उठेको आन्दोलन निस्तेज पार्ने उपायको रुपमा अभियान फुरेको हो भने उसले आन्दोलनरत शक्तिलाई समेत वहसमा आउन तयार हुने परिस्थिति पहिले तयार पार्न आवश्यक छ । वहसमा लक्षित समुदाय नै आइदिएन भने अभियानको सार्थकता रहन्न । त्यसले मुठभेड मात्र निम्त्याउने छ ।
अर्कातिर आन्दोलनरत शक्तिहरू ‘संविधानले मधेसीलाई कुनै अधिकार नै दिएको छैन’ भन्ने तर्क गर्न चाहन्छन् भने ‘संविधानले प्रशस्त अधिकार र अवसर दिएको छ’ भन्ने पक्षधरहरूसँग बहस गर्न पनि तयार हुनु प¥यो । वहस र छलफलमा भागै नलिने र मुठभेड मात्र रोज्ने हर्कत आन्दोलनकारीले त्याग्नु पर्छ । जनता सुसूचित हुन चाहन्छन् । संविधानले अधिकार दिएको रहेछ भने ‘सन्तुष्ट हुने’ र दिएको रहेनछ भन्ने लागेमा ‘संशोधन गर्नतिर लाग्ने’ आम जनताको अधिकार हो, सबैले यसलाई सम्मान गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: