वाणिज्य महासंघ प्रदेशको चुनावका लागि अध्यक्षमा घिमिरे सिफारिस

  प्रकाशित मिति
५ पुष २०७७, आईतवार १४:३१


झापा, ५ पुस । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकिएसँगै प्रदेश नं १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल शुरु भएको छ ।

यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यसायी माझ चुनावी चहलपहल बढेको हो ।

झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग बणिज्य महासंघ १ नं प्रदेशको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारीका लागि संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

भद्रपुर स्थित संघको सभाहलमा आइतबार अध्यक्ष नवराज पनेरुको सभापतित्वमा सम्पन्न नियमित मासिक बैठकमा कार्यसमितिले मताधिकारसहित घिमिरेको नाम सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए ।

सर्वसम्मत सिफारिस गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य संघको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् ।

मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला संघको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्दमुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए । दुई कार्यकाल सकेर संघबाट विदा लिएपछि नेपाल अलैंची व्यवसायी महासंघको संस्थापक अध्यक्ष बनेर अलैंची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैंची क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।

बैठकले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष उमेश डालमियालाई बधाई तथा शुभकामना दिएको छ ।

संघको निर्णयलाई स्वागत गर्दै घिमिरेले आफू सदैव उद्योगी–व्यवसायीको पक्ष र हितमा उभिने गरेको स्मरण गराउँदै प्रदेशको नेतृत्व सम्हाल्ने असर पाए संस्थागत विकास र औद्योगिक–व्यासाियक हितका लागि समर्पित रहने प्रतिक्रिया दिएका छन् । घिमिरेले मतका लागि प्रदेशका मतदाता उद्योगी–व्यसायीसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: