मेचीनगर । मेची उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ललितबहादुर बोहोराले सदस्य पदबाट राजीनामा दिएका छन् ।
बुधबार पत्रकार भेटघाटमा उनले संघको कार्य समिति सदस्य पदबाट राजीनामा दिएको बताएका हुन् ।
संघको २०७५ पुस २८ गते सम्पन्न निर्वाचनबाट सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भएका बोहोराले विविध कारण देखाएर राजीनामा दिएको बताएका छन् ।
उनले राजीनामा पत्रमा विश्वास र भरोषा गरेर मलाई मतदान दिने सबै व्यवसायी सदस्य तथा कार्य समितिका सम्पूर्ण मित्रहरुलाई अन्य फोरमबाट सामाजिक दायित्व पुरा गर्ने वाचा समेत गरेका छन् ।