वाणिज्य संघले सुरु गर्यो एक लाखसम्मको सदस्य बिमा

  प्रकाशित मिति
२ श्रावण २०७७, शुक्रबार १३:२४


मेचीनगर, २ साउन । मेची उद्योग वाणिज्य संघले सदस्यको दुर्घटना वा प्राकृतिक मृत्युवरण भएमा एक लाख रुपैयाँसम्म प्रदान गर्नेगरी आफ्नै कोषबाट बिमा लागू गरेको छ ।

संघको सभाकक्षमा शुक्रवार पत्रकार सम्मेलन गरी अध्यक्ष ऋषि तिम्सिना र संघका मुख्य पदाधिकारीहरुले उक्त बिमा साउन १ गतेदेखि लागू भएको जानकारी दिए ।

अध्यक्ष तिम्सिनाका अनुसार सदस्यले बिमाको सदस्य बन्न पहिलोपल्ट एक हजार रुपैयाँ र त्यसपछिका वर्षहरुमा वर्षेनी दुई सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

नयाँ सदस्यको हकमा २०७८ सालदेखि सदस्य बन्नेले सुरुमा एक हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बिमा योजना सञ्चालनका लागि तत्काल २० लाख रुपैयाँको व्यावसायिक सदस्य बिमा कोष खडा गरिएको जानकारी दिए ।

बिमा कोषमा आवद्ध सदस्यको मृत्युमा अधिकतम् एक लाख र सदस्यले इच्छाएको दुई जना व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने अध्यक्ष तिम्सिनाले बताए ।

कोषमा संघल आफ्नोतर्फबाट १० लाख र मेचीनगर नगरपालिकाको तर्फबाट १० लाख जम्मा गरिएको हो ।

भविष्यमा कोषलाई बढाएर एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको संघका कार्यकारी अधिकृत गोपाल बस्नेत बताउँछन् ।

कोष सञ्चालनका लागि अध्यक्ष तिम्सिनाको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष निरौला सहसंयोजक रहेको ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

समितिको सदस्यमा मेचीनगर नगरपालिकाका प्रतिनिधि एक जना, संघका भूतपूर्व अध्यक्ष एक जना, संघकै महिला सदस्य एक जना, संघकै महासचिव र एक जना कार्यकारिणी सदस्य रहने व्यवस्था गरिएको छ ।

यसैबीच, संघले कोभिड १९ को महामारीका कारण परेका असरका कारण सदस्यको नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: