वाणिज्य सङघमा नेम्बाङ निर्विरोध

  प्रकाशित मिति
२९ पुष २०७२, बुधबार १२:०४


banijya
धुलाबारी, २९ पुस । मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पङकजविव्रmम नेम्बाङ सर्वसम्वत चयन भएका छन् ।पहिलोपटक मेचीनगरका राजनीतिक दलहरूको सहमतिमा बुधबार सङ्घका सम्पूर्ण कार्यसमिति सर्वसम्वत चयन भएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्ष ललित तामाङ, उद्योग उपाध्यक्ष ध्रुव कनाल, वाणिज्य उपाध्यक्ष खिलबहादुर गिरी (राजु), महिला उपाध्यक्ष राधा कार्की र महासचिव ऋषी तिम्सिना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलले बताए ।

पोखरेलका अनुसार महिला सदस्यमा लक्ष्मी अधिकारी र गङगा देवकोटा तथा खुल्ला सदस्यहरूमा भूपाल ओली, गोपालप्रसाद गुप्ता, चन्द्रप्रसाद निरौला, प्रताप खड्का, कञ्चन बराल, मनोज घिमिरे, चेतन विष्ट र कृष्णराज पौडेल रहेका छन् ।

नेम्बाङ, तामाङ, कनाल, कार्की, बराल, घिमिरे, काङग्रेस निकट व्यवसायी हुन् । ओली र गुप्ता एमाओवादी, निरौला र खड्का राप्रपा नेपाल, विष्ट र पौडेल एमाले निकट व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: