वाणिज्य सङघमा राजनीतिक दल सहमत

  प्रकाशित मिति
२९ पुष २०७२, बुधबार ०७:३१


banijya

धुलाबारी, २९ पुस । मेचीनगरका हरेक सङघ संस्थाहरूको नेतृत्व चयनका बेला राजनीतिक दलहरूबीच धुव्रीकरण बढ्ने गरेको थियो । कुन संस्थामा कसको पकड बढी छ भन्ने देखाउनका लागि पनि कित्ता बाराबार गरेर चुनावी मैदाना उत्रर्ने गरेका थिए । विशेष गरेर नेपाली काङ्ग्रेस, नेकपा एमाले र एमाओवादीको पकड रहेको यस नगरमा चुनावताका साना दलहरूलाई समेटेर प्रतिस्पर्धामा उत्रने गरेका प्रसस्त उदाहरणहरू छन् । कहिले एमाले र माओवादी एक भए, कहिले काङ्ग्रेस र माओवादी एक भए । जसरी होस सामाजिक सङ्घ संस्थामा आफ्नो प्रभुत्व जमाउन चाहान्थे ।

तर, यस पटक तीनै राजनीतिक दलहरू एक ठाउँमा सहमत भएका छन् । यहि माघ २ गते हुने मेची उद्योग वाणिज्य सङ्घको कार्य समिति निर्वाचनका लागि लामो समयको कसरत पछि सहमतिमा नेतृत्व चयन गरेका छन् । बारम्बार सामाजिक सङघ संस्थामा राजीतिक हावी हुनु हुदैँन भन्ने दलहरूले यो संस्थामा भने कार्यन्वयन गरेर देखाएका छन् । उनीहरूले व्यवसायीहरूको संस्थालाई उन्नतीमा लैजानका लागि सबैले सहकार्य गरेर जानु पर्ने धारण राख्दै सहमतिमा पुगेका हुन् ।

नगरका राजनीतिक दलहरूको लामो कसरतपछि काङ्ग्रेसको नेतृत्वमा पदाधिकारी चयन गर्न सहमत भएका छन् ।
दलहरूको सहमति अनुसार काङग्रेसलाई अध्यक्षसहित उद्योग, वरिष्ठ उपाध्यक्ष, १ महिला सदस्य र २ खुल्ला सदस्य भागमा परेको छ । एमाललाई वाणिज्य उपाध्यक्ष, महासचिव, १ महिला सदस्य र २ सदस्य परेको छ । एमाओवादी र राप्रपा नेपाललाई २÷२ वटा सदस्यसहित सहमत भएको वार्तामा सहभागि एमालेका जिल्ला सदस्य गोपाल बुढाथोकीले बताए ।

सङघको ३ वर्षे कार्यकालका लागि अध्यक्षमा धुलाबारीका युवा व्यवसायी पङकजविव्रmम नेम्बाङलाई सर्वसम्वत चयन गरिएको छ । वरिष्ठ उपाध्यक्ष ललित तामाङ, उद्योग उपाध्यक्ष ध्रुव कनाल, वाणिज्य उपाध्यक्ष खिलबहादुर गिरी (राजु), महिला उपाध्यक्ष राधा कार्की र महासचिव ऋषी तिम्सिना चयन भएका हुन् । यसैगरी महिला सदस्यमा लक्ष्मी अधिकारी र गङगा देवकोटा चयन भएका छन् । प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलका अनुसार अहिलेसम्म आएका पदहरूका उम्मेदावरले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने निर्विरोध निर्वाचित हुनेछन् ।

सदस्यहरूमा भने ११ जनाको उम्मेदवारी परेपछि सर्वसम्वत हुन सकेन । सङ्घको विधान अनुसार सदस्यमा ८ जना सदस्य रहने छन् । तर, मङगलबार ११ जनाले उम्मेदवारी दर्ता गराएपछि सर्वसम्वत हुन नसकेको हो । सहमति अनुसार एमाले, एमाओवादी र राप्रापा नेपालले उम्मेदवारी दर्ता गरे पनि काङ्ग्रेसमा आन्तरिक कुरा मिल्न नसकेपछि २ जना उम्मेदवार बढेका छन् । बुधबार पार्टीभित्र सहमति गरेर सर्वसम्वत चयन गर्ने नगर सभापति प्रेम सम्बाहाम्फेले बताए ।

सदस्य उम्मेदवारका लागि भूपाल ओली, गोपालप्रसाद गुप्ता, चन्द्रप्रसाद निरौला, प्रताप खड्का, कञ्चन बराल, दिलबहादुर खाती, मनोज घिमिरे, मिलनराज प्रसाई, देवीप्रसाद पाठक, चेतन विष्ट र कृष्णराज पौडेल रहेका छन् । ओली र गुप्ता एमाओवादी, निरौला र खड्का राप्रपा नेपाल, विष्ट र पौडेल एमाले, बराल, खाती, घिमिरे, र पाठक काङग्रेस उम्मेदवारी हुन् ।

स्थापना समयदेखि काङग्रेसले नेतृत्व गर्दै आएको यस संस्थामा यस पटकको सहमतिले सकारात्मक सन्देश दिएको छ ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार बुधबार ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएकाले सदस्य पदका कुनै ३ जना उम्मेदवारले फिर्ता लिए उनीहरूलाई समेत निर्विरोध निर्वाचित गरिनेछ । निर्वाचन समितिमा पोखरेलसहित डिल्लीराम घिमिरे, विना तामाङ, टिकाराम पौडेल र नारायण प्रसाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: