वातावरण दिवसमा बृक्षारोपण

  प्रकाशित मिति
२३ जेष्ठ २०७३, आईतवार ०९:४९


set foto 5

काँकरभिट्टा । विश्व वातावरण दिवसको अवसरमा नेपाल पर्यटन तथा वातावरण समाज मेचीगनरले वृक्षा रोपण तथा संस्था परिचय कार्यव्रmम सम्पन्न गरेको छ ।

४४ औं विश्व वातावरण दिवसको अवसर पारेर ४४ जना स्थापक सदस्य रहेको संस्थाले ४४ वटा विभिन्न जातका विरुवा काँकरभिट्टा खानेपानी आयोजना परिसरमा रोपेर कार्यव्रmमको सुरुवात गरेको थियो ।

पर्यटन तथा वातावरण सम्बन्धि कार्य गर्ने उद्देश्यसहित गठित संस्थाको सांसद रविन कोइरालाले एक कार्यव्रmमका बीच सार्वजनिक गर्दै नेपालको समृद्धिमा पर्यटनको महत्वपूर्ण भूमिका हुने र यसका लागि प्राकृतिक पर्यवरणको संरक्षण र सम्बर्धन गर्न जरुरी रहेको बताउनु भयो ।

संस्थाका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा आयोजित कार्यव्रmममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकृष्ण अधिकारी, नेपाली काँग्रेसका महासमिति सदस्य विमल आचार्य, एमालेका जिल्ला कमिटी सदस्य देवकुमार राई, नेकपा माओवादी केन्द्र मेचीनगरका संयोजक प्रकाश भण्डारी, राप्रपा नेपालका चन्द्र खनाल, नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यज्ञप्रसाद मैनाली, मंगला साहना संकल्प महिला समाजकी अध्यक्ष राधा कार्की, क्षेत्रीय पर्यटन कार्यालयका निमित्त प्रमुख थिरप्रसाद दाहाल, काँकरभिट्टा खानेपानीका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेल लगायतले वातावरण तथा पर्यटन विकासका बारेमा चर्चा गरेको थिए ।

काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यव्रmममा संस्थाका वातावरण उपाध्यक्ष सुरेन्द्र बुढाथोकीले स्वागत गर्नु भएको थियो भने कार्यव्रmमका बारेमा पर्यटन उपाध्यक्ष सुशिल आचार्यले प्रकाश पार्नु भएको थियो । कार्यव्रmमको सञ्चालन संस्थाका महासचिव सन्तोष आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: