वान्तवा महाधिवेशन विर्तामोडमा

  प्रकाशित मिति
१५ पुष २०७२, बुधबार ०९:५६


विर्तामोड, १५ पुस । राई हाङ्छेन वान्तवाको तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशन पुस १७ र १८ गते विर्तामोडमा हुने भएको छ ।

हाङ्छेन राईहरूको वंश, उत्थान, कल्याण गर्ने उद्देश्यले चार वर्ष अघि स्थापना भएको सङ्घको महाधिवेशनमा नेपाल र भरातका २ सय प्रतिनिधिको सहभागिता रहने केन्द्रीय अध्यक्ष कुमार राईले जानकारी दिएका छन् ।

कार्य व्रmमको उद्घाटन किराँत राई यायोक्खा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङले गर्ने छन् ।

भद्रपुररोड स्थित लण्डन होटलमा हुने सो महाधिवेशनमा वंशावली निर्माण, छरिएर रहेका हाङ्छेन वन्धुहरूलाई एक सुत्रमा बाध्ने, सङ्गठन विस्तार गरी सामाजिक सेवालाई अझ विस्तार गर्ने र १८ गते गालीश्राप बगाइने कार्यव्रmम रहेको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: