वान प्लस मोवाइल अब झापामा उपलब्ध

  प्रकाशित मिति
३ पुष २०७७, शुक्रबार २०:१६


झापा, ३ पुस । कार्रतोस टेक्नोलोजीको वान प्लस मोवाइल झापाको बजारमा पनि बिक्री वितरण शुरु भएको छ ।

बिर्तामोडका युवा व्यवसायी सन्तोष उप्रेतीले वान प्लसको तीन वटा आर्कषक मोडलको मोवाइल मेचीका लागि आधिकारिक बिक्री वितरण गर्न शुरु गरेका हुन् ।

लामो समयसम्म विभिन्न व्राण्डका मोवाइलको बिक्री बितरण गर्दै आएका उनले उत्कृष्ट फिचरको मोवाइलको मेची अञ्चलका लागि आधिकारिक डिलर सञ्चालन गरेका छन्् ।

शिववावा इन्टर प्राइजेजका सञ्चालक समेत रहेका उप्रेतीले मेचीमा यो मोवाइलको पहिलो पटक आधिकारिक बितरण शुरु गरेका हुन् । कार्रतोस टेक्नोलोजीले नेपालमा भित्र्याएको यो मोवाईलको आर्कषक तीन मोडल रहेका छन् । एन टेन, नर्ड र वान प्लस एटप्रो उत्कृष्ट फिचर हुन् ।

एन टेन मोवाइलको मूल्य ३९ हजार ४ सय ९९ रुपैयाँ रहेको छ । यसमा ६ जीपी ¥याम र १२८ जीवी रोम रहेको छ ।

नर्डको ६३ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ । यसमा १२ जीवी ¥याम्प र २५६ जीवी रोम रहेको छ ।

वान प्लस एटप्रो को एक लाख २५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने १२ जीवी ¥याम्प र २५६ जीवी रोम रहेको छ । तीन वटै मोडलका फोनहरुमा ५ जी नेटवर्क उपलब्ध रहेको बताइएको छ ।

यो मोवाइलको प्रस्तुति विश्व वजारमा उत्कृष्ट भएको र अत्याधिक रुचाइएको कम्पनीका एरिया सेल्स मेनेजर अरुणकुमार थेवेले बताए ।

उप्रेतीले यसअघि होनर र इन्फोकस मोवाइलका मेचीका लागि आधिकारीक बिक्रेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: