वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

  प्रकाशित मिति
२९ भाद्र २०७७, सोमबार २२:२५


वामदेव गौतम

मेचीनगर, २९ भदौ । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

नेकपा सचिवालयको पछिल्लो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए । तर त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि शीर्ष नेताहरुले चासो देखाएका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: