वामपन्थी अगुवा कट्टेलको निधन

  प्रकाशित मिति
१० कार्तिक २०७३, बुधबार २०:५२


bharat-kattelमेचीनगर, १० कार्तिक । झापा मेचीनगर निवासी वामपन्थी अगुवा भरत कट्टेलको ७४ वर्षको उमेरमा निधन भएको छ । मुटुको समस्याबाट पीडित कट्टेलको मंगलबार बिहान ७ बजे बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो ।

वि.सं. २०२८ सालदेखि सक्रिय राजनीतिमा रहेका कट्टेल नेकपा माओवादी केन्द्रका अगुवा नेता हुन् । पार्टीको मेचीनगर १ को इन्चार्ज रहेका कट्टेल तत्कालिन जनमोर्चाका क्षेत्रीय अध्यक्ष थिए । कयौं सामाजिक सङ्घमा नेतृत्वदायी भूमिका खेलेका कट्टेल पछिल्लो समय धुलाबारी सामुदायिक सेवा केन्द्रका सदस्य, शिशु साक्षर निमाबिका सञ्चालक सदस्य, धुलाबारी क्याम्पसका सल्लाहकारको जिम्मेवारीमा थिए ।

कट्टेलकी श्रीमती निर्मला कट्टेल छिन् । छोराहरु ध्रुव, गोपाल र रञ्जित कट्टेल रहेका छन् । छोेरीहरु कौशिला, इन्दिरा, चन्दा, कल्पना, राधिका, पुस्प, ज्ञानु, बिमला, सविना र अनिता कट्टेल रहेका छन् । स्वर्गीय कट््टेलको अन्त्येष्टि मंगलबारै नन्दा खोलास्थित रामघाटमा गरिएको छ ।

अन्त्येष्टि अघि माओवादी केन्द्रका नगर इन्चार्ज प्रकाश भण्डारी, नेता माधव अर्यालले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: