वार्षिकोत्सवमा ‘ब्यागपाइपर’ले बढायो रौनक

  प्रकाशित मिति
१२ फाल्गुन २०७४, शनिबार २०:३६


मेचीनगर । प्रदेश नं. १ कै उत्कृष्ट विद्यालयहरुको सूचीमा पर्ने मेचीनगरको इस्ट होराइजन अङ्ग्रेजी उच्च माध्यमिक विद्यालयले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर शनिवार ‘मिनी स्पोर्टस्–२०७४’ शानदार ढङ्गले सम्पन्न गरेको छ ।

प्रदेश, जिल्ला र नगरस्तरीय नेता तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले खेलकुद, नृत्य, गायन र मार्च पास प्रस्तुत गरेका थिए ।

इस्ट होराइजनले पहिलोपल्ट भित्र्याएको ब्याग पाइपर (स्कटिज बाजा)सहितको मार्च पासले अतिथि, अभिभावक र विद्यार्थीहरुको मन जितेको थियो ।

सो अवसरमा ड्रोन क्यामराले कार्यक्रम स्थलको परिक्रमा गर्दै भिडियो खिचेको थियो भने ड्रोनको मनमोहक उडानले समेत सहभागीहरुको ध्यान तानेको थियो ।

ब्यागपाइपर र स्काउटसहितको विद्यार्थी टोलीले कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका मेयर विमल आचार्य र उपमेयर मीना उप्रेतीलाई टक्राएको सलामी र राष्ट्रिय झण्डोत्तोलनले कार्यक्रमलाई अत्यन्तै उन्नत स्तरमा पुर्याएको दर्शक बनेका सबैले अनुभूति गरेका थिए ।

नर्सरीदेखि कक्षा ५ सम्मका नानीहरुको खेलकुद, उद्घोषण र नृत्य झनै आकर्षक भएको थियो ।

मेचीनगरका मेयर विमल आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपाल बस्नेतले गरेका थिए ।
कार्यक्रममा मेयर आचार्य, उपमेयर उप्रेती, एन प्याब्सन प्रदेश नं. १ का अध्यक्ष जयबहादुर श्रेष्ठ, प्रदेशका सदस्य अग्नी कोइराला, अभिभावकहरु कविता शर्मा, नारायण कोइराला, मोहन काजी लगायतले मन्तब्य व्यक्त गर्दै इस्ट होराइजनले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राईले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रममा काँकरभिट्टा क्याम्पसका प्रमुख यज्ञराज प्रसाई, धुलावारी क्याम्पसका अध्यक्ष भीम खवास,  नेपाली सेनाको चारआलीस्थित गणका प्रमुख सेनानी सरोज अधिकारी, साहित्यकार तेजराज खतिवडा, मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरु,अरुणोदय आवासीय अङ्ग्रेजी विद्यालयका अध्यक्ष भगिरथ राई, आदर्श विद्या मन्दिरका प्रिन्सिपल कविन्द्र श्रेष्ठ, क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनाल, इस्ट होराइजनकी प्रशासन प्रमुख सावित्रा सापकोटा, सल्लाहकार हरि पाठक, कन्भेन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल विक्रम क्षेत्री, साई समितिका अध्यक्ष पशुपति नेपाल, महालक्ष्मी सहकारीकी अध्यक्ष दुर्गा खतिवडा, ग्लोबल आइएमइका प्रबन्धक सञ्जीव कोइराला, मेचीनगर रेडक्रस सोसाइटीकी अध्यक्ष कुसुम कोइराला, लिटल फ्लावर्सका शिक्षक एलपी शर्मा, एनएमसी धुलावारीका प्रबन्धक अरुण प्रधान, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, नागरिक दैनिकका प्रदेश सम्पादक राजु अधिकारी, नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, जनसंसद दैनिकका सहसम्पादक डम्बर बराल, विवेचना दैनिकका समाचारदाता विमर्श उप्रेती, रेडियो सरगमका समाचार संयोजक प्रतीक न्यौपाने, समाजसेवी ललित राई लगायत दर्जनौँ अतिथिको उपस्थिति रहेको थियो ।
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: