वार्षिक १० अरवको अलैँची निर्यात

  प्रकाशित मिति
३० पुष २०७२, बिहीबार ०८:४५


black-elaichi-250x250विर्तामोड, २९ पुस । नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा रेमिट्यान्सपछि अलैँची दोस्रो स्थानमा रहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले बताएका छन् ।

पूर्वी पहाडमा उत्पादन हुने अलैँचीको वार्षिक व्यापार १० अरब रुपैयाँ बरावरको भएको अध्यक्ष घिमिरे बताउँछन् । उनले नेपालमा वार्षिक ५० लाख केजी अलैँची उत्पादन हुने गरेको र त्यो सोझै भारतमा निर्यात हुने गरेको उनले बताए ।

यही जनवरी ४ देखि ९ तारिखसम्म आसामको गुवाहाटी नजिक खानापाडामा भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालको अलैँचीले प्राप्त गरेको उत्कृष्ट अवार्डबारे जानकारी दिन बुधवार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो जनाएका हुन् ।

मेलामा नेपालको तर्फबाट महासङ्घले अलैँचीको प्रदर्शनी गरेको थियो । आसामका मुख्यमन्त्री तरुण गोगोइले उत्कृष्ट उत्पादनको रुपमा नेपाली अलैँचीलाई ‘इन्टरनेशनल वेस्ट प्रोडक्सन अवार्ड’ प्रदान गरेको अध्यक्ष घिमिरेले जनाए ।

मेलामा घिमिरेको नेतृत्वमा महासङ्घमा आवद्ध व्यवसायी, पत्रकार र सरकारी अधिकारीहरूले सहभागिता जनाएका थिए । मेलामा भारत, चीन लगायत १९ देशका कृषिजन्य उत्पादन प्रदर्शन गरिएको थियो ।

नेपाली अलैँची भारत र चीनको भन्दा ठूलो र गुणस्तरीय भएको उल्लेख गर्दै घिमिरेले यसै बर्ष नेपाली अलैँचीको ब्रान्डिङ गरिने र अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान कायम गरिने बताएका छन् ।

कार्यव्रmममा महासङ्घका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले नेपाली अलैँचीको उत्पादन पाँच गुणा बढाउन सकिने सम्भावना भएको बताएका छन् भने महासचिव ओम विमलीले नेपालमा २० लाख किसान यसको उत्पादनमा सव्रिmय रहेको जानकारी दिए ।

बुधवार नेपाली बजारमा पहिलो ग्रेड (जेजे)को मूल्य प्रति मन (४० केजी) ९७ हजार रुपैयाँ, दोस्रो ग्रेड (एसडी)को मूल्य प्रति मन ९४ हजार रुपैयाँ र तेस्रो ग्रेड (चल्ती)को मूल्य प्रति मन ९१ हजार रुपैयाँ रहेको थियो ।

नेपालमा उत्पादित अलैँची हाल भारत हुँदै खाडी मुलुक र पाकिस्तान जाने गरेको छ । नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्ला अलैँचीको बढी उत्पादन हुनेमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: