वालवालिका आजका साझेदार भोलीका कर्णधार

  प्रकाशित मिति
११ फाल्गुन २०७३, बुधबार १६:१२


 

bal (3)

धुलवारीमा आयोजित वाल उत्सवको दोस्रो दिन वालवालकिाको उपस्थिति हेर्न लायकको थियो । उपस्थितिमात्र हैन वालवालिकाको अर्थपूर्ण सहभागिता समेत झल्कन्थ्यो । मेरी सानी छोरीका साथमा बढो आनन्दको अनुभुति भयो । वालवालिकाको क्षेत्रमा काम गर्ने हाम्रा लागि साँच्ची नै यो माहोल प्रेरणादायी थियो । पहिलो थालनीमा यतिका सकारात्मक कार्य हुनु असल सुरुवातको सङ्केत हो । सुधार गर्ने ठाउँहरु त सधै हुन्छन् नै ।

यो यसकारण सकारात्मक कि हामी पढ्दै र भन्दै आयौं वालवालिका भविष्यका कर्णधार हुन् तर त्यही अनुसारको आचरण गर्न जानेनौं । किनकि यो नियतवश गरिएको थिएन यो अज्ञानताको परिणाम थियो । तर जव जान्ने भयौं, प्रजातन्त्र ल्यायौं अनि वालवालिकाका अधिकारको वारेमा कुरा गरेर थाकेनौँ तर व्यवहारमा लागू गरेनौं । अव हामीले त्यो भनाइलाई फेरौं र वालवालिका आजका साझेदार र भोलिका कर्णधार भनौं, भनौ मात्र हैन त्यही अनुरुपको व्यवहार गरौं । यसका लागि पक्कै पनि यो उत्सवले सवैलाई प्रेरणा दिने आशा गर्न सकिन्छ ।

आज अधिकांश अभिभावकहरु आफ्ना सन्तान लिएर महोत्सवमा आएका छन् । केही वालवालिकाले आफ्नो प्रतिभा देखाएका छन् । हिजो आफू यी यावत अवसरवाट वञ्चित रहे पनि आफ्ना सन्तानले यी अवसरको उपयोग गरेको दर्शकदीर्घामा बसेर हेर्न पाउनु नै भाग्यशाली सम्झनु पर्दछ । वालवालिका स्टेजमा कार्यक्रम गर्दै तिनका साथीहरु स्टेज अघि कुर्सीमा बस्दै र अभिभावक र वयस्क उभिएर कार्यक्रम हेर्ने जुन वातावरण निर्माण भयो यही नै अर्थपूर्ण सहभागिता हो । यसका कदर गर्नै पर्दछ ।

आज हामीहरु जो छौं, हिजोको आफ्नो वाल्यकालको स्मरण गरौं । सवै हामी वालवालवालिकावाट नै वयस्क भएका हौं । हिजो अधिकारको कुरा थिएन तर कर्तब्यवाट कोही चुकेको जस्तो लाग्दैन । हिजो आज भन्दा अभाव थियो । अभावमा आफ्ना सन्तानका लागि वढो दुःख कष्ट झेलेका केही अभिभावकका दिनहरु आज पनि वदलिन सकेका छैनन् । राज्य त छ छैन थाहा छैन तर आफ्ना भएका सन्तानहरुले समेत सड्कमै छोड्ने गरेका छन् केहीका सन्तानहरुले । केहीले अस्पतालमा उपचारका लागि लाने र लिन नजाने गरेका घट्ना सुनीन थालेका छन् । अधिकारका अगाडि कर्तब्य कमजोर हुँदै गयो । दिक्षा चापागाई दिलशोभा श्रेष्ठलगायतहरुले सड्कवाट वृद्धवृद्धा उठाएर स्याहार गर्नु परेको छ । वालवालिका, वयस्क र जेष्ठ नागरिकहरु सवै समाजका अवयवहरु हुन् । यो जेलिएको रेडियोको तारजस्तो संरचना जव छुट्न अनि आवाज वन्द हुन्छ । त्यसैले आजैदेखि वालवालिकालाई साझेदारको रुपमा ल्याउने काम गरौं ।

वालवालिकाका लागि पनि भन्नै पर्दछ कि अधिकारको उपभोग गर्दा कर्तब्यको हेक्का राखौं । जसको सवाल उसैको नेतृत्व भने झै वालवालिकामा देखिएको समस्याको समाधानका लागि वालवालिका आज लाग्नै पर्ने वेला भएको छ । वालवालिकाले दिएको सन्देश र विचार वालवालिकाले सहज रुपमा ग्रहण गर्दछ । एक दिनको कुरा हो भद्रपुरवाट आउँदै गर्दा ३ जना वालक मध्ये २ वालक चिया वगान छेउमा कालो पोलिथिन भित्र टाउको लुकाउँदै निकाल्दै गर्छन्, नियालेर हेर्दा डेन्टराइटको वास्ना लिइरहेका छन् । मोटर साइकल रोकेर अघि वढ्ने वित्तिकै वालकहरु भाग्दछन् । अधिकाशं विद्यालयमा जाँदा शौचालय र खेल मैदानमा हेर्ने हो भने सुर्तिजन्य पदार्थको खोलहरु भेटिन्छन् । भविष्यमा गम्भिर प्रकृतिका असरहरु उत्पन्न गर्ने लागूऔषध त लुकी छिपि कारोवार पनि भएको छ खाएका पनि छन् र सुर्तीजन्य पदार्थहरु कानुनले १०० मिटर पर भने पनि विद्यालयले भाडामा लगाएका सटरहरुमा खुलेआम विक्री वितरण भइरहेका छन् । भविष्यमा समाजलाई नै ध्वस्त वनाउने यी तत्वहरु आज वालवालिकाका माध्यमवाट प्रवेश गर्दैछन् । त्यसर्थ अव वालवालिकाले यस्ता वस्तुउपर प्रभावकारी कार्यक्रम गर्नै पर्दछ ।

सञ्जु साम्पाङ्ग सोसल मिडियामा लेख्छिन् –‘,सानो हुँदा बाहुनडाँगी चित्र मन्दिरमा नेपाली कथानक चलचित्र ‘भाउजु’ प्रदर्शन भइरहेको रहेछ । गाउँबाट जाने परे आमा, छ्यामा, देमा, नानाहरु खै कोको पो हो, मैले आमालाई पछ्याएँ……तर व्यर्थ भयो । ठुलो मान्छेहरु हिंडेको ठाउँमा हामी केटाकेटीलाई काँ हिँडाउन मान्छन् र ? भक्कु रोएँ घरमाथ्लोपट्टि घर लिप्ने पहेंलो र रातो माटो थुपारेको ढिस्काथ्यो, त्याँ लडिबडी गर्दै, खुट्टा झट्काई झट्काई रोएँ ……..अहँ……फिलिम हेर्नु जानु पाइएन ।’ साम्पाङ्गको भनाइले हिजो हाम्रो समयको वाल्यकाललाई दर्शाउँछ तर अव समय परिवर्तन भएको छ आज सवै वालवालिका नआए पनि ठुलो सङ्ख्यामा वालवालिकाको उपस्थित रहेको छ । वालवालिका उत्सवमा आउनका लागि रुन कराउन परेको छैन । अभिभावक, शिक्षकहरुले नै आफ्ना नानीहरु, विद्यार्थीहरु लिएर आएका छन । भित्ता चड्ने (वालक्लाइम्विगङ, तारामण्डल, प्लानेटेरियम), विज्ञानका अविस्कार, गीत सङ्गीत र जादुको मनोरञ्जन लिएका छन्, सहभागिता जनाएका छन् ।

यो थालनीका लागि ने.क.पा एमाले धन्यवादको पात्र छ । यसको निरन्तरता आवश्यक छ । लाखौंको गीटि र वालुवा हाल्ने कार्यवाट केही रकम छुट्टयायो भने हरेक स्थानीय निकायमा वालउत्सव गर्न सकिन्छ, जुन लखनपुर गा.वि.सले केही अघि महोत्सव नै सम्पन्न गरेको छ । यस पटकको वाल उत्सवले सङ्केत गरेको छ कि केही प्रक्रियाको वारेमा वालवालिकालाई जानकारी गराउने हो भने वालावालिका आफै यस्ता कार्यक्रम गर्न सक्छन् । आशा गरौं आगामी उत्सव÷महोत्सव वालवालिकाको पूर्ण स्वामित्वमा भएको देख्न पाइनेछ ।
गोविन्द न्यौपाने

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: