वालिकाको ओछ्यानमै हत्या

  प्रकाशित मिति
५ श्रावण २०७३, बुधबार १४:१८


hatya काँकडभिट्टा , ५ साउन । झापाको बुधवारे–५ मा मावली घर आएकी एघार वर्षीया वालिका तनुजा कोइरालाको बलात्कारपछि हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार मङ्गलवार राति कान्छा मामा दिपक प्रसाइँको घरमा तनुजाको हत्या भएको हो ।

घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रनाउ अधिकारीले बताउनु भयो । बालिकाको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा ओछ्यानमै लाश फेला परेको छ ।

मृतकको बुवा चन्द्रकान्त कोइराला वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा छन् भने घटना भएको घरको एउटा कोठामा तनुजा आफ्नो ५ वर्षीय भाइ नुतनसँग सुतेकी थिइन् ।

आज विहान अबेरसम्म तनुजा नउठेपछि घरका सदस्यहरूले हेर्न जाँदा ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए । तनुजा ७ दिन अघि शान्तिनगरस्थित घरबाट स्कुल विदाको अवसरमा मावल आएकी थिइन् ।

प्रहरीले पोस्टमार्टम जाँचका लागि लाशलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

प्रसाईको घरमा खेताला गर्न केही दिन अघि आएका एक व्यक्तिको साइकल र चप्पल घटनास्थल भएको घर बाहिर फेला परेको छ । प्रहरीले घटनापछि फरार रहेका सोही व्यक्ति अपराधमा संलग्न भएको हुनसक्ने आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: