विएण्डसीको सम्बन्धनका लागि अनसन

  प्रकाशित मिति
१२ आश्विन २०७३, बुधबार १५:२७


ansan-1

विर्तामोड । विएण्डसी टिचिङ अस्पताललाई सम्बन्धन दिन सरकारसँग माग गर्दै स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्य मैनालीले बुधबारदेखि आमरण अनसन सुरु गरेका छन् ।

स्वाथ्य क्षेत्रमा भएको कमिसन, भ्रष्टाचार र अनियमितताको अन्त्य गरिनु पर्ने तथा मेची अञ्चलका २६ लाख भन्दा धेरै जनताको स्वास्थ्यको उचित सम्बोधन हुनुपर्ने माग राख्दै मैनालीले अस्पतालभित्रै अनसन सुरु गरेका हुन् ।

स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलन गर्दै मेची अञ्चलमा मेडिकल कलेज तत्काल सुरु गराइनु पर्ने, मेडिकल कलेज सञ्चालनका लागि तत्काल सम्बन्धन दिइनु पर्ने, सरकारी मापदण्ड सबै पूरा गरेको विएण्डसी मेडिकल केलज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल कलेजको तुरुन्त मान्यता दिइनु पर्ने मागसहित उपाध्यक्ष मैनाली आमरण अनसनमा बस्न लागेको जानकारी दिएको थियो ।

अनसन बसेका मैनालीले सरकारले तोकेका मापदण्ड पूरा नगरेका र कानून विपरित सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङहोम, मेडिकल क्लिनिकहरु तत्काल बन्द गर्नुपर्ने आफ्नो माग रहेको पत्रकार सम्मेलनमा बताएका छन् ।
मैनालीले आफ्ना माग सरकारले पूरा नगरेसम्म आमरण अनसन जारी रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: