विर्तामोड । झापाको विर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलमा शुव्रmबारबाट एमआरआई सेवा सुभारम्भ भएको छ । हस्पिटलले मेची अञ्चलमै पहिलोपटक १६ च्यानलको नया“ मोडलको १.५ टेस्लाको एमआरआई सेवाको शुभारम्भ गरेको हो ।
सो सेवाको रेडियोलोजिस्ट डा.उमेशकुमार शर्माले उद्घाटन गर्नुभएको थियो । फिलिप्स कम्पनीको यो मेसिन होल्याण्डमा बनेको हो । करिब २२ करोड रुपैया“ खर्चिएर सो मेसिन खरिद गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।
अव पूर्वी नेपालका विरामीले ब्रेन ट्यूमर, ब्रेनको संक्रमण, मेरुदण्डका ट्यूमर, हड्डी खिएको, नसा च्यापिएको, प्यारालाइसिस, घु“डा खिएको, हाडजोर्नीको संक्रमण, पेट तथा पाठेघर सम्बन्धी विभिन्न रोगहरुको सरल रुपमा उपचार गर्न पाउने छन् । साथै, अरु विधिबाट पत्ता नलागेका रोगहरु पनि यस प्रविधिबाट पत्ता लगाउन सकिने डा. शर्माले बताए ।