विएण्डसीले माग्यो प्रशासनसँग सुरक्षा

  प्रकाशित मिति
८ भाद्र २०७३, बुधबार १०:४७


hospital copy

विर्तामोड, ८ भदौ । विएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले हस्पिटलमाथि विभिन्न व्यक्तिहरुबाट आक्रमण प्रयास भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।

हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बुधबार विज्ञप्ति जारी गरी प्रशासनको ध्यानाकर्षण, त्यस्ता व्यक्ति उपर निगरानी, छानबिन र कार्वाहीको माग गरेका छन् ।

तत्कालिन अनारमनी ८ विर्तामोड घर भई हाल स्थायी रुपमा अष्ट्रेलियामा नै बसोबास गर्दै आएका कृष्णकुमार गिरीको योजनामा विभिन्न अपरिचित तथा संकास्पद व्यक्तिहरु वीएण्डसी अस्पताल भित्र अनावश्यक रुपमा पठाउने, हो हल्ला गर्ने गराउने, अस्पताल तोडफोड गर्ने गराउने, यसका संचालकहरु उपर सांघातिक आक्रमण गर्ने गराउने षडयन्त्र भइरहेको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

विगतमा विभिन्न आरोपमा तत्कालिन माओवादी पार्टीको भातृ संगठन वाइसिएलको आक्रमणमा परेर सोही कारण देखार्ई कागजात तयार गरी गराई स्थायी रुपमा अष्ट्रेलियामा नै बसोबास गर्दै आएका कृष्णकुमार गिरी, निरोज गिरी, नविन गिरीलगायतका व्यक्तिहरु केही दिनदेखि झापामा आएको जनाएको छ ।

वीएण्डसीका साविकका सञ्चालक रामबाबु गिरी र कृष्णकुमारको परिवारवीच विगतमा अंश विवाद भए तापनि हाल उनीहरुसँग यस प्रालि तथा यसका संचालकहरुको कुनै केही सम्बन्ध तथा सरोकार नरहेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुसहित विभिन्न पक्षबाट वीएण्डसी र त्यसका सञ्चालकहरुका बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय, प्रहरी प्रशासन, कर्जा प्रदान गर्ने बैंकहरु लगायत विभिन्न निकायहरुमा झुठा उजुरी, निवेदन हाली अनावश्यक दुःख तथा विभिन्न किसिमका धाकधम्की दिदै आएकोले आफूहरु पीडित भएको जनाइएको छ ।

विभिन्न व्यक्तिहरु परिचालन गराई वी एण्ड सी अस्पतालको भौतिक संरचना तथा चलअचल सम्पत्तिमा क्षति पुर्याउने, अस्पताल सञ्चालनमा बाधा व्यवधान सृजना गराउने तथा हस्पिटलका संचालकहरु उपर आव्रmमण गराउने भनी प्रचार गरेको जानकारी प्राप्त भएको भन्दै तत्काल निजहरुको गतिविधिहरु उपर निगरानी गर्न, छानबिन गर्न वी एण्ड सी अस्पतालले प्रहरी प्रशासन समक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: