इटाभट्टा । मेचीनगर नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष चन्दन मेचेले स्थानीय टेकबहादुर थापामाथि कुटपिट गरेको आरोपमा उजुरी परेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मङ्गलबार थापाले आफूमाथि वडाध्यक्ष मेचेले कुटपिट गरेको भनी निवेदन दिएका हुन् ।
मेचीनगर–७ जोरसिमलमा रहेको बाटोमा कल्भर्ट निर्माणको माग गर्दै थापा वडाध्यक्ष मेचेको घर पुगेका थिए । सोही विषयमा विवाद भएपछि वडाध्यक्ष मेचेले थापालाई गालामा कुटपिट गरेको उजुरीमा उल्लेख छ ।
वडाध्यक्ष मेचेले थापालाई कुटपीट गरेको स्वीकारेका छन् । सोमबार बेलुका घरमै पुगेर आफूलाई गालीगलौच गरेपछि गालामा एकथप्पड हानेको बताएका छन् ।