विगतका सहमतिमा प्रतिबद्ध रहन काँग्रेससँग प्रमको आग्रह

  प्रकाशित मिति
२६ फाल्गुन २०७२, बुधबार १३:०९


pm

भद्रपुर, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सहमतिमा प्रतिबद्ध रहन नेपाली काँग्रेससँग आग्रह गरेका छन् ।
जिविस झापाको २४औँ जिल्ला परिषद्बाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमको बुधबार यहाँ सार्वजनिकीकरण गर्दै उनले मुलुकको समस्यालाई संवाद र छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारे

अर्को प्रसङ्गममा उहाँले उद्योग स्थापना, कृषिको आधुनिकीकरण र व्यावसायीकरणले मात्र उत्पादन बढ्ने र यसैको माध्यमबाट बजेट घाटा न्यूनीकरण गर्न सकिने बताउँदै एक वर्षभित्रमा विद्युत्भार कटौती अन्त्य गरी दुई वर्षमा नेपाललाई चाहिने विद्युत् उत्पादन गरिने जिकिर गरे ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जिविसले विकास योजना तर्जुमा गर्दा जिल्लामा सन्तुलन कायम राख्नुपर्ने तथा सहमति र सहकार्य अवधारणालाई अवलम्बन गर्नुपर्नेमा बताए । सङ्घीय मामिला तथा स्थानीय विकासराज्यमन्त्री कुन्ती शाहीले संविधान निर्माणमा प्रमुख राजनीतिक दलले देखाएको सक्रियता कार्यान्वयनमा पनि देखाउनु आवश्यक रहेको बताए ।

सो अवसरमास्थानीय विकास अधिकारी खेमराज ओझाले अगामी आवका लागि रु पाँच अर्ब ९७ करोड छ लाख ७६ हजारको बजेट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: