विज्ञानमा अब्बल बाल्मिकी

  प्रकाशित मिति
४ मंसिर २०७५, मंगलवार १८:५४


विर्तामोड । कुन विद्यालय कति अब्बल छ भन्ने कुराको मापन त्यहाँका विद्यार्थीहरुले कस्तो सिक्दैछन् भन्ने तथ्यले निर्धारण गर्दछ ।

आजको युग विज्ञान र प्रविधिको हुनाले सबैजसो विद्यालयले आफ्ना विद्यार्थीलाई समय सापेक्ष प्राविधिक शिक्षाप्रति अभिरुचि जगाउने ज्ञान प्रदान गर्न थालेका छन् ।

बिर्तामोडको बाल्मिकी एजुकेसन फाउन्डेसन झापाको अब्बल विद्यालय रहेछ भन्ने तथ्य सोमवार फाउन्डेसनले आयोजना गरेको विज्ञान प्रदर्शनी (साइन्स फेयर)ले पुष्टि गरेको छ ।

विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा बाल्मिकीका विद्यार्थीहरु आफैले निर्माण गरेका विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न उपकरण र कला प्रस्तुत गरिएको थियो ।
विद्यार्थीहरुले बनाएको विज्ञान सामग्री देखेर अभिभावक तथा शिक्षकहरु समेत हर्षित भएका थिए । स्कुले विद्यार्थीले निर्माण गरेका रोबोट, ड्रोन, सेन्सर कार, वेबसाइट, हाइड्रोलिक कार, सोलार सिस्टम लगायतका उपकरणहरु कुनै ठूलो इन्जिनियरिङ कलेजका उच्च तहका अनुसन्धाताहरुले तयार पारेको हो कि जस्तो लाग्थ्यो ।

प्रदर्शनीमा राखिएका आविष्कारहरु बनाउन बाल्मिकीका २५० विद्यार्थी प्रत्यक्ष रुपमा र ६०० विद्यार्थी अप्रत्यक्ष रुपमा सामेल भएको बाल्मिकी एजुकेसन फाउन्डेसनका विज्ञान शिक्षक निलम खरेलले जानकारी दिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएका थिए । विद्यार्थीहरुले कस्तो प्रयोगात्मक शैक्षिक अभ्यास गरिरहेका छन् भनेर देखाउनका लागि साइन्स फेयर उपयोगी भएको बाल्मिकीका प्रिन्सिपल विष्णु सिङ्घल बताउँछन् ।

‘विद्यार्थीले यस्तो पनि बनाउन सक्दारहेछन् भनेर कतिपय अभिभावकहरु छक्क पर्नु भएको छ’, प्रिन्सिपल सिङ्घल लोकतन्त्र पोस्टसँग भन्छन्–‘तर हामी शिक्षक टिम बाल्मिकीका विद्यार्थीहरुमा उत्कृष्ट क्षमता छ भन्नेमा विश्वस्त थियौँ, जसलाई साइन्स फेयरले प्रमाणित गरिदिएको छ ।’

बाल्मिकी एजुकेसन फाउन्डेसनमा नर्सरीदेखि कक्षा १२ सम्म र फाउन्डेसनकै छातामा सञ्चालित प्रोभिडेन्स कलेज अफ मेनेजमेन्टमा बीबीएस र बाल्मिकी लिङ्कन कलेजमा बीबीए तथा एमबीए तहको पढाइ हुँदै आएको फाउन्डेसनका निर्देशक आनन्द बस्नेत बताउँछन् ।

विज्ञान प्रदर्शनीमा बाल्मिकीको शैक्षिक क्षमता र गुणस्तर झल्किएको जनाउँदै निर्देशक बस्नेतले विज्ञान र प्रविधिमा विद्यार्थीले देखाएको प्रयोगात्मक क्षमता प्रशंसनीय रहेको बताए ।
प्रदर्शनीमा हेल्थ, इनभाइरोमेन्ट र इकोलोजी जस्ता सामयिक विषयमा विद्यार्थीहरुले रोचक तथा वैज्ञानिक तथ्य झल्काउने गरी हातैले बनाएका विभिन्न पत्रपत्रिका र चित्रकला समेत प्रस्तुत गरिएको फाउन्डेसनका विज्ञान शिक्षक गोपाल उप्रेती बताउँछन् ।
………..
कसले के बनाए ?

मानव रोबोट
रोशन कुमार साह र साथीहरु
कक्षा ८ सी

ड्रोन
रिवाज विक्रम खरेल र सशाङ्क न्यौपानेको समूह
कक्षा ९ र १०

सेन्सर कार
विनय प्रसाई र साथीहरु
कक्षा ८ र ९

रिमोट कन्ट्रोल कार
युसल गहतराज

कक्षा ८

स्कुल वेबसाइट, झापाली बजार डटकम र बाल्मिकी भर्सेस टेरोरिस्ट गेम
अनिस दाहाल र देवानिक कोइराला
कक्षा १०

हाइड्रोलिक ब्रिज
रोनक सिङ्घल
कक्षा १० डी


हाइड्रोलिक जेसीबी
नितेश न्यौपाने र साथीहरु
कक्षा १० ए


पानीजहाज
अनिस घोष र साथीहरु
कक्षा ८ र ९


मोडर्न सिटी (रेल सहित)
इशान थापा
कक्षा ९

प्लानेटोरियम
निशा भट्टराई र साथीहरु
कक्षा ९

ग्रास कटर
रिवाज खरेल
कक्षा १० ए

फ्युचर सिटी
रविन विके तथा साथीहरु
कक्षा १० ई

भ्याकुम क्लिनर
अतिथि खवास
कक्षा ६ ए

एटीएम मेसिन
नेहब बस्नेत
कक्षा ९

मोडर्न सोलार सिटी
रिदेश अधिकारी र साथीहरु
कक्षा १० सी

वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट
रोनिश श्राफ

कक्षा ८ सी

ग्रीन सिटी
अंशिका गिरी तथा साथीहरु
कक्षा ९ सी

ब्लड सर्कुलेसन सिस्टम
लुङ्मा सुब्बा र साथीहरु
कक्षा १० सी

…………
पाँच हजारले गरे अवलोकन
बाल्मिकी एजुकेसन फाउन्डेसनले आयोजना गरेको विज्ञान प्रदर्शनीको सोमवार विर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले उद्घाटन गरे ।

फाउन्डेसनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रिन्सिपल विष्णु सिङ्घलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
२०६० सालमा स्थापना भएको फाउन्डेसनमा हाल स्कुल र कलेज गरी तीन वटा अलग शिक्षण प्रतिष्ठान छन् ।

२ हजार ७ सय विद्यार्थी फाउन्डेसनमा अध्ययनरत छन् भने विज्ञान प्रदर्शनीको ५ हजार बढी अभिभावक तथा विद्यार्थीले अवलोकन गरेका छन् ।

प्रदर्शनीमा रोबोटिक्स, हाइड्रोलिक, वातावरण, जीव विज्ञान, रसायन विज्ञान, कम्प्युटर प्रविधि, ब्रह्मान्ड विज्ञान लगायतका विषयमा विद्यार्थी आफैले निर्माण गरेका प्रयोगात्मक आविष्कारहरु राखिएका थिए ।

फाउन्डेसनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले आगामी दिनमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीहरुको अभिरुचि र क्षमता अभिवृद्धिका लागि विद्यालयले नयाँ नयाँ योजनाहरु ल्याउने जानकारी दिएका छन् ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: