विदेशदेखि घर आएका छोराबाट बुबामा कोरोना संक्रमण

  प्रकाशित मिति
१२ बैशाख २०७७, शुक्रबार २३:५०


 

।। अर्जुन कार्की ।।

मेचीनगर । गत चैतमा दुवईबाट झापाको दमक घर आएका एक जना युवाबाट उनको बुबामा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

गत चैत ४ गते दुवईबाट दमक वडा नम्बर ३ घर भएका ती युवाका ६२ वर्षीय बुबामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको पुष्टि भएको हो ।

३८ दिनअघि घर आएका उनी होम क्वारेन्टाइनमा थिए । कुनैपनि स्वास्थ्य जाँच नगरी घरैमा बसेका थिए ।

दमक नगरपालिका र स्वास्थ्य कार्यालय झापाले विदेशबाट आएका सबैको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लार्गि यापिड डाईगोनष्टिक टेस्ट (आरडीटी) गर्ने कार्य शुरु गरेको थियो ।

सोहि क्रममा विदेशबाट आएका उनको विहीबार आरडीटी परिक्षणमा एन्टिबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईले जानकारी दिए ।

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको थियो ।

उनको स्वाबको परिक्षण रिपोर्ट भने नेगेटिभ आयो । तर, उनको बुबाको स्वाब टेष्ट गर्दा पोजेटिभ आएको उनले बताए ।

‘विदेशबाट आउँदै कोरोना भाइरस संक्रमण भएको रहेछ’, चौलागाईले भने–‘आरडीटी परिक्षणमा एन्टिबडी पोजेटिभ देखियो ।
तर, उनकोबाट बुबामा भाइरस सर्यो । उनी त रोग लागेर पनि निको भइसकेको अवस्था देखियो ।’

शरिरमा भाइरसको जिवाणु सक्रिय वा निष्क्रिय रहेको बारेमा परिक्षण गर्दा ती ब्यक्तिमा सकृय अर्थात एन्टिबडी पोजेटिभ त देखियो । ‘छोरामा पनि संक्रमण त भएकै रहेछ भन्ने प्रष्ट हुन्छ’,–उनले भने ।

उनका अनुसार ती युवाबाट बुबामा सर्नु भनेको स्थानीयलाई संक्रमण हुनु हो ।

उँ र उनका बुबाबाट को–कोसँग सम्पर्क भयो । ती सबैको आरडीटी र स्वाबको परिक्षण गर्नुपर्ने चौलागाईको भनाई छ ।

चैत ४ गते दुवईबाट नेपाल आउँदा कुन जहाजमा, कोको, कतिजना आए, काठमाडौँदेखि दमक कुन बसमा आए, कति थिए ।

यत्रो दिनसम्म घरमा बस्दा कोकोसँग सम्पर्कमा रहे, ती सबैको खोजी गरी परिक्षण गर्नु पर्ने उनले जानकारी दिए ।

विहीबार दमकमा ७ जनामा आरडीटी परिक्षण गरिएको मध्ये ती युवामा एन्टिबडी पोजेटिभ र अन्य ६ जनामा नेगेटिभ देखिएको थियो ।
तर स्वाब परिक्षण गर्दा उनका बुबामा भने कोरोना संक्रमण फेला परेकोे थियो ।

उनका बुबालाई शुक्रबार नै विराटनगर स्थित कोभिड–१९ अस्पतालमा पठाइएको छ । ती युवालाई दमक अस्पतालको आईसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।

अझै पनि विदेश तथा अन्य जिल्लाबाट आएका ४१ जना व्यक्तिहरु दमकका विभिन्न क्वारेन्टाइनमा छन् ।

कोरोना संक्रमण सबैतिर नफैलियोस् भनेर दमक–३ नम्बर वडा वा संक्रमित एरियालाई शिल गर्ने विषयमा शनिबार राति १० वजेसम्म छलफल भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: