झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले ल्याउँने बताएका छन् ।
सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताए ।
‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उनले भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’
भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरुबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताए ।
‘भारतबाट अनेक कष्ट झेल्दै घर फर्केकाबाट महामारी फैलनमा योगदान रहेको छ,’ प्रधानमन्त्रीले भने ।
स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए ।
अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने पनि उनले बताए ।
समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने प्रधानमन्त्री ओलीको भनाई छ ।