विदेशभन्दा गाईपालन नै ठिक

  प्रकाशित मिति
२९ फाल्गुन २०७२, शनिबार ०९:०३


Untitled
सुरुङ्गा । नेपालमा केही गर्न सकिदैन भन्दै खाडी मुलुक जाने युवाहरूका लागि स्वदेशमै पनि मिहेनत र उद्यम गरे मनग्ये आर्जन गर्न सकिन्छ भन्ने दर्विलो उदाहरण बनेका छन् कनकाई–५ तुलसीवारीका कृषक डिल्लीराम घिमिरे ।

४२ बर्षीय उनले २ बर्षअघि ३ वटा गाईबाट गाईपालन सुरु गरेका थिए । हाल व्यवसाय दर्ता गरी दिप–प्रदिप गाईपmार्म नाम राखेर सञ्चालन गर्दै आएका छन् ।

उनको फार्ममा अहिले ८ वटा गाई, ७ वटा बाच्छी र २ वटा बाच्छा रहेका छन् । ७ वटा बाच्छी पनि व्याउने अवस्थामा पुगेका छन् । उनले अहिले ५ माउ गाईबाट दैनिक ४० लिटर दुध सुरुङ्गा बजारमा विव्रmी वितरण गर्दै मासिक ४० हजार भन्दा बढी आम्दानी गर्ने गरेको बताए ।

६ बर्षसम्म कतारमा कटिङ मास्टरको रुपमा कार्य गरेका घिमिरे विदेशमा जति दुःख गरे पनि भने जस्तो कमाइ हुन नसकेपछि २ बर्षअघि नेपाल फर्किएका थिए । रोजगारीका लागि केही समय यता उता भौतारिएका उनले कृषि क्षेत्रमा भविष्य देखेपछि गाईफार्म खोलेका थिए ।

विदेशमा गरेको मेहनत सम्झदै उनी भन्छन्–‘विदेशमा जतिको दुःख गर्ने हो भने नेपालमा पनि पैसै पैसा छ । तर हामी नेपालीहरू आफ्नो देशमा दःुख गर्दैनौ, विदेशमा बोटमा पैसा टिप्न पाइन्छ जस्तो ठानेर ऋण गरेर भए पनि जान्छौँ ।’

विदेशमा रोजगारीका लागि जान्छौँ । न काम राम्रो हुन्छ न त राम्रो कमाइ, व्यर्थ दुःख मात्र हुने गरेको छ । विदेश जाने धेरै नेपालीको समस्या नजिकैबाट नियालेको सम्झदै उनले अव जिन्दगीमा कहिले विदेश नजाने र जस्तो परिस्थिति भए पनि आफ्नै देशमा गाईपालन गरेर कृषि पेशालाई अघि बढाउने अठोट गरेका छन् ।

प्राय उनी विहान ४ बजेदेखि ८ बजे तथा बेलुका २ बजेदेखि ५ सम्म आफनै फार्ममा गाई बस्तुको स्यहार सुसारमा व्यस्त रहने गर्छन् भने वाँकी समय खेतीपाती स्यहारमा विताउने गर्छन् ।

अहिले उनले १४ कठ्ठा जमिनमा करिव ८ लाखको लागतमा १८÷३२ र १३÷१७ को २ वटा व्यवस्थित गोठ निर्माण गरी व्यवसाय सञ्चानल गर्दै आएका छन् भने नजिकै ८ कठ्ठा जमिनमा उन्नत जातका घाँस लगाएका छन् ।

२ बर्षभित्रमा व्यवसाय विस्तार गर्दै २० माउ गाईबाट दैनिक १५० लिटर भन्दा बढी दुध उत्पादन गरी अन्य २ जनालाई रोजगारीको अवसर सिर्जना गरिदिनुका साथै गोवर ग्यास प्लान्ट सञ्चानल गरी ग्यास वितरण गर्ने र ग्यास प्लान्टबाट निस्कने गोवरमलबाट अग्र्यानिक तरकारी खेतीलाई पनि अघि बढाउने लक्ष्य राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: