विदेशीलाई नागरिकता बनाइदिने तत्कालिन अधिकृत आचार्य पक्राउ

  प्रकाशित मिति
२१ असार २०७७, आईतवार १७:२७


मेचीनगर । विदेशी नागरिकलाई नागरिकता बनाई दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ ।

झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको छ ।

झुठ्ठा बिवरण पेश गरि विदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले २०७२ मंसिर १० गते वारेन्ट जारी गरेको थियो ।

आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले शनिवार पक्राउ गरेका थिए ।

आवश्यक कारबाहीका लागि प्रहरीले आचार्यलाई आइतबार जिल्ला अदालत झापामा बुझाएको झापाका डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: