झापा, ६ कार्तिक । प्रधानमन्त्री केपी ओली भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेटवार्ता गरेर विवादमा परेका छन् ।
ओलीले विहीवार राति रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री निवास वालुवाटारमा दुई घण्टा भेटवार्ता गरेको सार्वजनिक भएको थियो ।
नेकपा नेता भीम रावलले विदेशी जासुस संस्थाका प्रमुखसँग भेटवार्ता गर्नु कुटनीतिक मर्यादाविपरीत र लज्जास्पद भएको बताएका छन् ।
साहित्यकार पुण्यप्रसाद खरेल रअका प्रमुखसँग प्रधानमन्त्री ओलीको भेटवार्ताले नेपालको वार्गेनिङ हैसयत कमजोर भएको बताउँछन् ।
‘नाकाबन्दीका बेलामा म भारतको भ्रमणमा आउँदिन भन्न सक्ने केपीले अहिले पनि त्यस्तै अडान लिन्छन् भन्ने आशा चकनाचुर भयो,’ खरेलले फेसबुकममा लेखेका छन् –‘गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्दा नेपालको वार्गेनिङ हैसियत प्रभावित भए जस्तो लाग्यो ।’
परराष्ट्र«विद्हरुले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कुटनीतिक हैसियत गुप्तचर संस्थासँग नहुने बताएका छन् ।