विदेशी चलखेल बढ्यो : कांग्रेस सहमहामन्त्री महत

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार २०:४७


फोटो साभार : प्रतिदिन दैनिक

विर्तामोड, २९ मङ्सिर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले विदेशी चलखेल बढेकाले राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बनेको बताएका छन् ।

महतले यसरी शक्ति राष्ट्रको चलखेल गर्ने मैदान बन्नुमा वर्तमान नेकपा सरकार जिम्मेवार रहेको दावी गरे ।

चीन र भारतका कुटनीतिक नियोगहरु अलि बढी नै चलखेलमा लागेको उनको आरोप थियो । सरकारका उच्च व्यक्तिहरुसँग गोप्य कोठामा हुने गरेका भेटघाटले अनेक आशंकाहरु जन्माएको उनको भनाई थियो ।

विर्तामोडमा आयोजित कांग्रेसको विरोध सभामा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

मन्तब्यको अधिकांश समय सरकारको तीब्र आलोचनामा बिताएका उनले नेकपा सरकारले भ्रष्टाचारलाई बढावा दिएको, कोरोना नियन्त्रणको कार्य प्रभावकारी रुपमा नगरेको र राष्ट्रपतिले सत्तारुढ दलको झगडामा मध्यस्थकारी भूमिका खेलेको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: