विद्यार्थीद्वारा सडकमै ‘स्वाहा’ कार्यक्रम

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १६:३४


झापा, १३ पुस । प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन् ।

अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका हुन् ।

उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य र मान्यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, जनजीविका स्वाहा, पानीजहाज स्वाहा, वालुवाटार स्वाहा, विधिको शासन स्वाहा, वालुवाटारको जग्गा स्वाहा’ लगायतका नारा राखेर व्यंग्य गरेका छन् ।

सडकमा पण्डितद्वारा स्वाहा कार्यक्रममा असंवैधानिक कदम खारेजीको मागसमेत गरेका छन् ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: