मेचीनगर । मेचीनगरका युवा विद्यार्थीहरुले सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा गाड्न शुरु गरेका छन् ।
मेचीनगर–४ सीमा नाकामा विद्यार्थीहरुले राष्ट्रिय झण्डा गाड्न शुरु गरेका हुन् ।
नेकपाको निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले १०० रुपैयाँ अभियान अन्तरगत सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई १० थान टस लाइट समेत वितरण गरेका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर विहीबार उनीहरुको मनोबल बढाउँदै, राष्ट्रियताको सकारात्मक सन्देश फैलाउन उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहसंयोजक डेनु मगरले बताए ।
युवा संघ नेपाल पुर्व क्षेत्रीय सदस्य लुसन तिवारीले सहजिकरण गरेको कार्यक्रममा राष्ट्रिय युवा सघ झापा जिल्ला सदस्य तथा क्षेत्र नं १ का पूर्व इन्चार्ज राजु धिमालको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा नेकपा मेचीनगर कमिटी सचिवालय सदस्य अर्जुनकुमार कार्की, पूर्व युवा संघ मेचीनगर कमिटी अध्यक्ष सरोज मेहरा, पूर्व अनेरास्ववियु मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमला, मेचीनगर–४ का पूर्व युवा संघ अध्यक्ष वेग सुनुवार, मेचीनगर–१ पूर्व युवा संघका अध्यक्ष मुकुन्द थापा, अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटीका सचिव आशिष पौडेल, पूर्व युवा संघ मेचीनगर–४ का सदस्य एटम कार्की, पवन बराइली, किरण पाण्डे, ईश्वर पाण्डे, हात्तीसार क्याम्पस अनेरास्यवियू अध्यक्ष आशिष प्रधान लगायतको उपस्थिति थियो ।
यसअघि पनि विद्यार्थीहरुले लिपुलेकका विषयमा भारत विरुद्ध काँकरभिट्टामा प्रदर्शन गरेका थिए ।