‘विद्यार्थीमा भय र त्रास छैन’

  प्रकाशित मिति
१८ चैत्र २०७२, बिहीबार ०५:४८


slc

भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्सँदै विहीबार बिहानबाट सवा छ लाख परीक्षार्थी (एसएलसी)प्रवेशिका परीक्षामा सामेल भएका छन् । बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा शान्तिपूर्ण सञ्चालन भइरहेको छ । परीक्षा १२ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी छन् । यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुने गरी परीक्षा सुरु भएको हो । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच यस वर्ष विद्यार्थी पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मी मात्रै २९ हजार १४५ परिचालन हुनेछन् ।

परीक्षाका क्रममा झापाको अनुगमनमा पुग्नुभएका शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले देभभर परीक्षा शान्तिपूर्ण रूपमा चलेको जानकारी आएको बताए ।

त्रुटि सच्याउने मौका
परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्नेछन् ।

पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्ममिति, विषयलगायत त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौंसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उनीहरूलाई परीक्षाको अन्तिम दिनमा सम्पूर्ण विवरण उल्लेख भएका परिचयपत्र उपलब्ध र विद्यार्थीले कुनै त्रुटि देखेमा तत्कालै सम्बन्धित परीक्षा केन्द्रमा विवरण सच्याउन निवेदन दिन सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: