विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर शिक्षक फरार

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १६:२६


झापा, २४ मंसिर । दमक नगरपालिकामा एक जना शिक्षकले विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर फरार रहेको पाईएको छ ।

दमक स्थित एक निजी विद्यालयका शिक्षकले कक्षा–७ मा पढ्ने १४ वर्षीया बालिकालाई गर्भ बोकाएर फरार रहेको पाईएको हो । ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितका अनुसार घटनाका विषयमा जाहेरी ढिलो आएको कारण खोजी गर्दै जाँदा ती शिक्षक भारतीय भएको बुझिएको छ ।

घटनाका बारेमा हल्ला चल्न थालेपछि शिक्षक भागेर भारत छिरेको सूचना पाएको उनले बताए । विद्यार्थी यति बेला परिवारकै साथमा रहेकी छिन् । ती बालिकाको पेटमा ६ हप्ताको गर्भ रहेको बुझिएको छ ।

(कपुरीन्युज)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: